Header Ads


स्वाभिमान बेच्नेले मुलुक बेच्छन् : खतिवडा

हेटौँडा, १५ साउन/नेकपा एमालेका केन्द्रीय सदस्य एव्म मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडाले नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इङ्कित गर्दै स्वाभिमान बेच्नेहरु मुलुक बेच्न पछि नपर्ने आरोप लगाएका छन् । 
साउन १५ को सन्दर्भमा नेपाल खेलकुद महासंघ मकवानपुरले आयोजना गरेको परिचयात्मक एवम् खिर खाने कार्यक्रममा उनले राष्टूको सान र स्वाभिमान बेचेर पैसा कमाउनेले ठाउँ पाएमा मुलुक बेच्ने आरोप लगाए । 
राष्ट्रका लागि खेल्न गएका खेलाडीलाई पैसाकै लागि ुम्याच फिक्सिङु गर्न लगाएर पैसा कमाउने वानी परेका व्यक्ति संबिधानसभामा समेत छिरेको भन्दै उनले सबै खेलप्रेमी र नेपाली नागरिक सचेत हुनुपर्नेमा जोड दिए । राप्रपा नेपालबाट सांसद् भएका गणेश थापालाई लक्षित गर्दै नेता खतिवडाले फुटबल बेचेर पैसा कमाउँदै आएका अहिले सभाषद् भएर मकवानपुर बनाउँछु भन्दै हिँड्नु हाँस्याष्पद भएको आरोप लगाए । उनले खेलकुदकर्मीलाई खेलसंगै पार्टीको गतिबिधिमा समेत समावेश हुन अनुरोध गरे । सभ्य समाज निर्माणको लागि खेलकुद आवश्यक भएको भन्दै नेता खतिवडाले महासंघमा आवद्ध सबैलाई पार्टीको अभियानसँगै खेदकुदलाई लैजान निर्देशन दिए । 
कार्यक्रममा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, निर्वतमान अध्यक्ष रामेश्वर राना, पुर्व अध्यक्ष कृष्ण दाहाल, सचिव एकालाल श्रेष्ठ, जिल्ला सदस्य एव्म खेलकुद महासंघ इन्चार्ज आरती पाठक, महासंघका कोषाध्यक्ष लालबहादुर पौडेल, महासंघका सदस्य सानु लामालगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम महासंघ मकवानपुर अध्यक्ष रबिन जोशीको अध्यक्षतामा भएको हो ।
Powered by Blogger.