Header Ads


५ दिने क्रिष्टल तालिम सुरु

हेटौँडा, १७ साउन/महिलाहरुलाई व्यवसायिक रुपमा अघि बढाउँदै उनीहरुको आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यसहित मकवानपुर महिला उद्यमी व्यवसायी समिति र पञ्चशील समितिले ५ दिने क्रिष्टल सामान बनाउने तालिम सुरु गरेको छ ।
सोमबार एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरिएको हो । समितिका बरिष्ठ सल्लाहकार इन्दिरा गुरुङको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटनमा पञ्चशील समूह अध्यक्ष शर्मिला डङ्गोल, मकवानपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य रेणु ज्ञवाली, सल्लाहकार लक्ष्मी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले समय र बजारको माग अनुसारको तालिम आवश्यक रहेको भन्दै यस तालिमलाई अवसरको रुपमा लिनको निम्ति अनुरोध गरे ।  २० जना महिलाको सहभागिता रहेको तालिममा दिलाशा शर्माले सीप सिकाउनेछिन् । कार्यक्रम मकवानपुर महिला उद्यमी व्यवसायी समिति अध्यक्ष सुशीला पाण्डे मानन्धरको अध्यक्षतामा भएको हो । अध्यक्ष पाण्डेले सहभागीले आवश्यक ठानेको खण्डमा यसपछि तुरुन्तै एड्भान्स तालिम दिन सकिने बताइन् ।
Powered by Blogger.