Header Ads


सत्ताको जग जनता

अहिले नेपालका हरेक नेताको समृद्ध नेपाल बनाउने मुख्य नारा छ । सत्तासिन दल नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र मात्र नभएर भर्खर औपचारिकता पुरा गरेर राजनीतिक पार्टी पक्तिमा उभिएको नयाँ शक्ति नेपालको पनि मुख्य नारा समृद्ध नेपाल नै छ । तर, समृद्ध कसरी हुने भन्ने चित्त बुभ्mदो खाका जनतामा भने कसैले सार्वजनिक गर्न सकेका छैनन् ।
 नागरिक समृद्ध हुनसके मात्र देश समृद्ध हुन्छ भन्ने ध्रुवसत्यलाई कसैले नकार्न सक्दैन । तर, नेपाली  जनताको समृद्धिको बारेमा त कुरा गरेर पार नै लाग्ने देखिदैन् । लामो समयदेखि प्राकृतिक विपत्तीको पीडा झेलीरहेका नेपाली आजसम्म पनि चयनको स्वास फेर्ने अवस्थामा तङ्ग्रिन सकेका छैनन् । न गाँसको ठेगान छ, न त वास कै । सत्तामा रहेका दल सरकार टिकाउने दाउमा छन् । सरकार बाहिरका दल नयाँ सरकार बनाउने दौडाहामा ब्यस्त छन् । यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी भने सुकुम्बासीको गाँस, बास, कपास र रोजगारीको व्यवस्था गर्नुपर्ने तथा ऐलानी जग्गामा बस्ने जनतालाई जग्गाधनी प्रमाणपत्र तुरुन्त वितरण गर्नुपर्ने मागसहित राजमार्ग बन्द गरेर जनताको सदभाव बटुल्ने जमर्कोमा छ । उनीहरुले आंशिक रुपमा बिभिन्न ठाँउमा राजमार्ग बन्द गरी सरकारलाई दबाव दिंदै साउन १० गते पूर्ण रुपमा नेपाल बन्द गर्ने कार्यक्रमको तयारीमा जुटेका छन् । यसबाट आम जनतामा पर्ने सकारात्मक र नकरात्मक असरको बारेमा कुनै लेखाजोखा छैन् ।
आखिर कसरी बन्छ समृद्ध नेपाल ? छ–छ महिनामा सरकार गठन र विघटन गरेर, वा लामो समय एकै दलले सरकारी ढुकुटीको ब्रम्हलुट गरेर । के चाहन्छन नेपाली नेताहरु ? जनताका जनजीविकाका बारेमा किन रत्तीभर सोच्दैनन् उनीहरु ? यही हो आमुल परिवर्तन पछिको गणतन्त्रको उपलब्धि ? सत्ता र सत्ताको 
वरपर घुम्ने नेताहरुले के नविर्सिए हुन्छ भने सत्तको जग जनता हुन । जस्को धक्का महाभूकम्पको भन्दा पनि शक्तिशाली हुनसक्छ ।
Powered by Blogger.