Header Ads


हेटौँडा बजार ग्रीनद्वारा ओम बृद्धाश्रमलाई सहयोग

हेटौँडा, २३ असार/हेटौँडा–१ मा रहेको ओम बृद्धाश्रमलाई लायन्स क्लव अफ हेटौँडा बजार ग्रीन सिटीले आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको छ । 
नयाँ नेतृत्व चयन भएसंगै यस लायन्स क्लवले पहिलो कार्यक्रम अन्तर्गत बृद्धाश्रमलाई सहयोग गरेको हो । अध्यक्ष राजदेव बानियाको बुवा विहारीलाल बानियाको पुण्यतिथिको सन्दर्भ पारेर आश्रमलाई आवश्यक सामग्री सहयोग गरिएको हो । लायन्सका चिफ एरिया कोर्डिनेटर शम्भु नकर्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोन चेयर पर्सन लोकनाथ लुईंटेल, खेलकुद संयोजक शरद्चन्द्र भट्टराई, लायन्स क्लव अफ ग्रेटर सिटीका अध्यक्ष कमल खत्री, कोषाध्यक्ष राजु श्रीवास्तव, क्लवका सदस्य दीपक वर्नवाल, ध्रुव अधिकारी, पवन कंशाकारलगायतको उपस्थितीमा बृद्धाश्रमका सचिव दीपक सुवेदीलाई सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लव अफ हेटौँडा बजार ग्रीन सिटीले ५० किलो चालम, १५ किलो च्यूरा, १० किलो आलु, ५ किलो प्याज, ५ किलो दाल, ५ किलो चिनी, ५ पाकेट नुन, सूर्यमुखी तेल, बिस्कुट, चियापत्ति, धुलो मसला, साबुनलगायतका सामग्री सहयोग गरिएको बानियाले जानकारी दिए ।
Powered by Blogger.