Header Ads


राष्ट्रिय सूचना दिवसमा प्रभातफेरि

हेटौँडा, ४ भाद्र/सूचनाको हक नागरिक अभियान मकवानपुरका संयोजक पोष्टराज अधिकारी ‘कुमार’ ले कुनै व्यक्ति वा संस्थाले मागेको सूचना सहज रुपमा नदिनुको पछाडि केही गडबडी भएको बताएका छन् । 
राष्ट्रिय सूचना दिवसको अवसरमा अभियान मकवानपुरले हेटौँडामा शनिबार बिहान आयोजना गरेको प्रभातफेरि पछिको सभालाई सम्बोधन गर्दै उनले सूचनाको हक कार्यान्वयन नगर्नु भनेको संविधानको बिरुद्वमा जानु भएको तर्क गर्दै सूचनाको हक हरेक नागरिकको हक हो भन्ने कुरा सबैले बुझ्नु आवश्यक रहेको औँल्याए ।
सबै सरकारी कार्यालयले सहज रुपमा सूचना दिनु आवश्यक रहेको भन्दै उनले पछिल्लो समय जिल्लामा सूचना माग्ने परिपाटीको विकास हुनु राम्रो भएको बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले सूचना लिने र दिनेमा विश्वास हुनुपर्ने र मागिएको सूचना के मा प्रयोग हुन्छ खुलाउनुपर्ने भन्दै दिएको अभिव्यक्तिको टिप्पणी गर्दै अधिकारीले कुनैपनि व्यक्तिले आफूलाई चाहिएको सूचना माग्न पाउने र त्यो सूचना कतै प्रकाशित वा प्रशारित हुनैपर्छ भन्ने नभएको बताए । हेटौँडाको खोपेगल्ली अगाडिबाट सुरु भएको प्रभातफेरी ¥याली नगरपरिक्रमा पश्चात सीमाचोकमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा नेपाली काँग्रेस मकवानपुरका राजिव सुवेदी, राप्रपा नेपालका नवराज बिष्ट, राप्रपाका सिताराम बर्तौला, पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष भानुभक्त आचार्य, उपाध्यक्ष गिरिजा अधिकारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष नानिमैया बिष्ट, अधिवक्ता ऋषि केवी र केशव गौतमलगायतको उपस्थिती रहेको थियो । 
Powered by Blogger.