यातायात अबरुद्ध प्रति राप्रपा नेपालको ध्यानाकर्षण
हेटौँडा, ४ भाद्र/ग्रामीण भेगमा सञ्चालित यातायात साधन अबरुद्ध भएको घटनाप्रति राप्रपा नेपाल मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपा नेपालले सडक स्तरीकरण साथै यस समस्या समाधानमा आवश्यक कानुनी प्रक्रिया अवलम्वन गर्न सरोकारवाला पक्षसंग माग गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामहरि न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालीहरुको महान चाडपर्वको मुखैमा आम ग्रामीण भेगका जनताहरुले भोग्नुपरेको समस्या साथै आम कृषक समुदायले उत्पादन गरेको कृषिजन्य उत्पादन गरेको कृषिजन्य उत्पादन बजारसम्मको पहुँचमा जान नसकेको भन्दै यसले सर्वसाधारणलाई बाधा पर्न गएको उल्लेख गरिएको छ ।
राप्रपा नेपालले यथाशिघ्र ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका सवारी साधनहरु यथाशिघ्र सञ्चालनको लागि माग गरेको छ ।

