Header Ads


हर्नामाडीमा असोज १ देखि चित्रकला कार्यशाला

हेटौँडा, ४ भाद्र/हेटौंडा–२४ हर्नामाडीमा रहेको हर्नामाडी कला प्रतिष्ठान गुम्बाडाँडाको आयोनजामा असोज पहिलो साता गुम्बाडाँडामा प्रथम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला–२०७३ हुने भएको छ । 
गत वर्ष वैशाख १८ गतेदेखि २३ गतेसम्मका लागि कार्यशाला तोकिएको भएपनि वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण कार्यशाला तत्कालका लागि स्थगित गरिएको थियो । आयोजकले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी असोज १ गतेदेखि ५ गतेसम्म कार्यशाला गर्ने जानकारी गराएको हो । आयोजक कमिटी सदस्य हर्क रम्तेलका अनुसार कार्यशालामा आधुनिक चित्रकला विषयमा क्रियाशील अन्तर्राष्ट्रियस्तरका कम्तिमा २० जना स्थापित चित्रकारहरु र दशजना कवि साहित्यकार सहभागी हुनेछन् । चीन, भारत, बंगलादेश, जापान तथा दक्षिण एसियाली मुलुकमात्रै नभई पश्चिमा मुलुकबाट कार्यक्रममा सहभागी हुने बताइएको छ । 
उक्त कार्यशालामा बनाइएका चित्र तथा कविताहरु गुम्बाडाँडामै ग्यालरीमा सदाका लागि सजाएर राखिने बताइएको छ । कार्यशालामा करिब दशलाख १५ हजार रुपियाँ खर्च हुने बताइएको छ । सांस्कृतिक पर्यटकीय स्थलका रुपमा मूर्तिकला म्युजियम पार्कलाई थप विकास गर्न, ललितकलाको विविध विषयमा अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा उक्र क्षेत्रलाई विकास गर्नका लागि कार्यशाला गर्न लागिएको स्थानीय कलाकार तथा आयोजक समिति सदस्य लक्ष्मण भुजेलले जानकारी दिए । 
उनले मकवानपुरमा नेपाली कालको विकास, संरक्षण र प्रबद्र्धनका साथै आर्थिक सांस्कृतिक पहिचान स्थापित हुने र कलाका विद्यार्थी तथा कलाका अनुरागीका लागि एक खुला वैभव र मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने बताए । 
Powered by Blogger.