शुभ विहानी योग अभ्यासको तीज विशेष कार्यक्रम
हेटौँडा, ४ भाद्र/हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरी शुभ विहानी योग अभ्यासले शनिबार एक कार्यक्रमको आयोजना गरी दर खुवाउनुको साथै सम्मान कार्यक्रम गरेको छ ।
हेटौँडाको वनसखण्डीमा तीजको अवसरमा दरखाने कार्यक्रम एवम् सम्मान कार्यक्रम गरेको हो । अभ्यासका संयोजकहरु केशवलाल राजथला तथा शोभा राजथलाको संयोजकत्वमा भएको कार्यक्रममा मनोक्रान्तिका योग गुरु ध्रुव विडारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभ विहानी योग अभ्यास प्रशिक्षक शोभा राजथलालाई न्यू बद्रीनाथ एण्ड सन्स ज्वेलर्सका प्रोपाइटर बद्री सुनार तथा नेपाली कथानक चलचित्र ट्रक ड्राइभरको तर्फबाट उपहार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट नृत्य गर्नेलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा माछामासु व्यवसायी संघ मकवानपुरका अध्यक्ष विषलाल खड्की, पत्रकारहरु सुजन ढकाल, धर्मेन्द्र दाहाल, बालकृष्ण दाहालको आतिथ्यता रहेको थियो । कार्यक्रममा न्यू बद्रीनाथ एण्ड सन्स ज्वेलर्स, श्याम गजमेर एण्ड सन्स, आरधना ज्वेलर्स तथा चलचित्र ट्रक ड्राइभर युनिटको प्रायोजन रहेको थियो ।

