Header Ads


रोट¥याक्ट हेटौँडामा अधिकारी

हेटौँडा, ४ भाद्र/रोट¥याक्ट क्लव अफ हेटौँडाको अध्यक्षमा अनुराग अधिकारी पदस्थापित भएका
छन् ।
शनिबार हेटौँडामा भएको पदस्थापन कार्यक्रमका बीच अधिकारी अध्यक्षमा पदस्थापित भएका हुन् । उनलाई मातृशाखा रोटरी क्लव अफ हेटौँडा संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष विजयकुमार बैद्य, बर्ष सन् २०१६÷१७ का अध्यक्ष मदन अधिकारी, डिष्ट्रिक रोट¥याक्ट रिप्रिजेण्टेटिभ सुशीलकुमार कार्कीले कलार तथा खादा लगाइदिँदै पदस्थापित गराएका हुन् ।
रोट¥याक्ट अध्यक्ष अधिकारीले नयाँ कार्यसमिति पदाधिकारीलाई सपथ खुवाउँदै पदस्थापित गरेका छन् । अध्यक्षमा चयन भएका अधिकारीले आगामी दिनमा रोटरी र रोट¥याक्टको विधि र विधान अनुसार सामाजिक गतिविधिमा अघि बढ्ने प्रतिबद्धता जनाए । रोटरी क्लव अफ हेटौँडाका पदाधिकारी रोट¥याक्ट डिष्ट्रिक सेक्रेटरी सुरज पौडेल, रोट¥याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
रोट¥याक्ट सदस्यलाई अभिमुखीकरण
हेटौँडा/रोट¥याक्ट क्लव अफ मकवानपुर र रोट¥याक्ट क्लव अफ हेटौँडाका सदस्यलाई अभिमुखीकरण तालिम दिइएको छ ।
जिल्लामा भर्खरै गठन भएको यी दुई शाखाका सदस्यलाई रोट¥याक्टको विधि, विधान, यसको स्थापना र हालसम्म गर्दै आएको कार्यलगायतका बिषयमा जानकारी दिनको निम्ति शनिबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
अभिमुखीकरणमा डिष्टिूक रोट¥याक्ट रिप्रिजेण्टेटिभ सुशीलकुमार कार्की, रोट¥याक्ट डिष्ट्रिक सेक्रेटरी सुरज पौडेल, जेडआरआर नविन्द्रराज खनाल, जेनल लिडरसीप टे«नर मन्दिपमान श्रेष्ठलगायतले सहजीकरण गरेका थिए । 
Powered by Blogger.