Header Ads


भौतिक विकासमा नगरपालिकालाई ६७ प्रतिशत सफलता

हेटौँडा, २७ साउन/हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७२÷०७३ मा भौतिक विकास तर्फ ६७ प्रतिशत मात्र काम गर्न सकेको छ । 
४ सय १४ वटा भौतिक विकास कार्यक्रम सञ्चालन गरेको भएपनि २ सय ७९ वटा मात्र सम्पन्न भएको जनाएको छ । बाँकी ३३ प्रतिशत अर्थात एकसय ३५ वटा आयोजना सञ्चालनमा रहेको जनाएको छ । 
भौतिक विकासतर्फ ८४ वटा कंक्रिट सडकमध्ये २६ वटा, ४७ सडक स्तरोन्नतिमध्ये १२, ३६ वटा विद्यालयमध्ये १५ वटा तथा ४५ वटा खानेपानी आयोजनामध्ये १५ वटा आयोजना निर्माणाधिन अवस्थामा रहेको बताइएको छ । सामाजिक विकासतर्फ उपमहानगरले ४८ मध्ये ४० वटा योजना सम्पन्न भएको जनाएको छ । आठवटा आयोनजा चालु रहेको जनाएको छ । सामाजिक विकासमा नगरपालिकाले ८४ प्रतिशत सफलता हात पारेको छ । आर्थिक वर्ष २०७२÷०७३ मा करिब १५ प्रतिशत बजेट फ्रिज भएको छ । यस आर्थिक वर्षमा उपमहानगरपालिकाले चालु तथा पुँजीगततर्फ गरी कुल ८५ दशमलब ६ प्रतिशत बजेटमात्र खर्च भएको जानकारी दिएको छ । 
हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०७२÷०७३ को समिक्षा विहीबार दिइएको जानकारी अनुसार यस आर्थिक वर्षमा ४८ करोड ७९ लाख छहजार दुईसय ३७ रुपियाँ आम्दानी गरेको थियो भने कुल ४३ करोड ४८ लाख ८० हजार पाँच रुपियाँ खर्च गरेको थियो । जुन आम्दानीभन्दा करिब पाँच करोड ३१ लाख १६ हजार दुईसय ३२ रुपियाँ अर्थात १४ दशमलव चार प्रतिशत हो । नगरपालिकाले पुँजीगततर्फ ८४ दशमलव ४४ र पुँजीगततर्फ ८५ दशमलव १८ प्रतिशत रकम खर्च भएको जनाएको छ । कार्यक्रममा यस आर्थिक वर्षमा उपमहानगरपालिकाबाट भएका आर्थिक, सामाजिक एवम् भौतिक प्रगतिहरुबारे समिक्षामा जानकारी 
गराइएको थियो । 
उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेबकुमार पोखरेलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा शहरी विकास अनुसंधान तथा वातावरण महाशाखाका प्रबन्धक बिरकृष्ण महर्जनले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बीकेले उपमहानगरको कामकारबाहीबारे आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुख, प्रतिनिधि एवम् नगरपालिकासँग सहकार्य गर्ने बिभिन्न नगरसमन्वय समितिहरूको प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Powered by Blogger.