बसामाडी जेसीजको ‘जेसीज सप्ताह’ ३० गतेबाट
हेटौँडा, २७ साउन/बसामाडी जेसीजको बर्ष सन् २०१६ को जेसीज सप्ताह यही भदौ ३० गतेबाट सुरु हुने भएको छ ।
आयोजकले बिहीबार हेटौँडामा पत्रकार सम्मेलन मार्फत जेसीज सप्ताहमा आयोजना गरिने कार्यक्रमको बिषयमा जानकारी गराएको हो । जेसीज अध्यक्ष सुनिल दाहालका अनुसार जेसीज सप्ताहको सुरुवात ३० गते रक्तदान कार्यक्रमको आयोजना गरी हुनेछ ।
उनका अनुसार ३१ गते भीमफेदीमा अनाथ बालबालिकासंग जेसीज कार्यक्रम हुनेछ भने ३२ गते जेसीज सचिवालय बसामाडी परिसरमा वृक्षरोपण हुनेछ । यस्तै भदौ १ गते हेटौँडा–४ हुप्रचौरमा रहेको अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, २ गते जेनिथ इन्टरनेशनल कलेज हेटौँडामा परिवार नियोजन सम्बन्धि सचेतना, ३ गते भूटनदेवी स्कूल हेटौँडाको खेल मैदानमा मकवानपुरका पत्रकार र बसामाडी जेसीजबीच मैत्रीपूर्ण फुटबल हुनेछ भने ४ गते जेसीज सप्ताहको समापन रहेको छ । जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक बर्ष २०१६ का कार्यकारिणी उपाध्यक्ष हरि शर्मा रहेका छन् भने सह मूल कार्यक्रम संयोजक उपाध्यक्ष चिराग अग्रवाल रहेका छन् । पत्रकार सम्मेलनमा बसामाडी जेसीजका पूर्व अध्यक्षहरु अभय श्रेष्ठ, ईश्वरप्रसाद मैनाली, बिष्णुहरि पण्डितलगायतको उपस्थिती रहेको थियो ।
