सवारीमा ४५ प्रतिशत छुट कार्यान्वयन हुनुपर्ने
हेटौँडा, २७ साउन/ डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको बिद्यार्थी युनियन मकवानपुरले सार्वजनिक यातायातमा बिद्यार्थी सहुलियत ४५ प्रतिशत छुट दिन सबै र्साजनिक यातायातहरुलाई आग्रह गरेको छ ।
पटक पटक इन्धनको मूल्य समेत घटेको अवस्थामा सार्वजनिक यातायातले भाडा नघटाएको र बिद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छुट नपाएको भन्दै विना सर्त छुट दिन माग गरेको हो । अनुगमनको क्रममा जिल्लाको पूर्वीक्षेत्र र स्थानीय रुटमा सञ्चालनमा रहेका सार्वजनिक यातायातले बिद्यार्थी सहुलियत रकम छुट नदिएको पाइएको भन्दै सो रकम विद्यार्थीका अधिकार भएकाले प्रदान गर्न आग्रह गरेको हो ।
हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले सार्वजनिक यातायात सञ्चालन गरिरहेको संघसंस्थाको ध्यानाकर्षण गराएको हो । नारायणी यातायात संघले बिद्यार्थी सहुलियत रकम उपलब्ध गराउन आफ्ना मातहतका यातायातहरुलाई पत्राचार गरिसकेको बताउँदै समितिले सबै सार्वंजनिक सेवा प्रदायक संस्थाहरुले विद्यार्थी सहुलीयत कार्यान्वयन गर्नुपर्ने नयाँ शक्ति बिद्यार्थी युनियन मकवानपुरका संयोजक श्रवणकुमार बर्तौलाले जानकारी दिए ।
उनीहरुले जिल्लामा रहेका अन्य यातायात सञ्चालन गरिरहेका संघसंस्थालाई पनि जिल्लाको सबै क्षेत्रमा सञ्चालन हुने यातायात सेवामा विद्यार्थीलाई सरकारले गरेको घोषणा अनुसारको छुट उपलब्ध नगराएको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

