Header Ads


मनहरीमा ५ दिने क्रिष्टल गहना बनाउने तालिम

हेटौँडा, २७ साउन/मकवानुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा क्रिष्टल गहना बनाउने तालिम सुरु भएको छ । 
५ दिन सञ्चालन हुने तालिमलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । अध्यक्ष न्यौपानेले तालिममा सिकेको सीपलाई व्यवसायकै रुपमा विकास गर्न तालिमका सहभागीलाई अनुरोध गरे ।
महिला उद्यमी विकास समिति सभापति निलम पाण्डेले यस तालिमले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउने र आर्थिक रुपमा सक्षम बनाउने दावी गरिन् । मउवा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले कुनै पनि तालिम निजी विकास र व्यवसायिक विकासका लागि हुने भन्दै यो तालिम व्यवसायिक विकासमा टेवा पुग्ने हुनाले तालिम पछि व्यवसायमा आउन आग्रह गरे । 
कार्यक्रममा मउवा संघ पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालले तालिममा सिकेका सीपलाई व्यवहारमा उतारे मात्र तालिमको सफलता हुने बताए । कार्यक्रममा मउवा संघ पश्चिमी क्षेत्र सभापति अनिता कर्माचार्यको अध्यक्षतामा भएको हो । 
२२ जनाको सहभागिता रहेको तालिमलाई प्रशिक्षक शारदा सुवेदीले सहजीकरण गर्नेछिन् ।
Powered by Blogger.