Header Ads


क्यान मकवानपुरले असोज १० बाट मेला गर्ने

हेटौँडा, ३ भाद्र/पछिल्ला समय मकवानपुरमा मेला महोत्सवकै चर्चा रहिरहेको बेला फेडेरशन अफ कम्प्यूटर एशोसिएसन नेपाल मकवानपुरले पनि मेलाको आयोजना गर्ने भएको छ । 
असोज १० गतेबाट १९ गतेसम्म हेटौँडाको भूटनदेवी उच्च माविको खेल मैदानमा छैठौँ क्यान मेला आयोजना गर्न लागिएको शुक्रबार हेटौँडामा पत्रकार सम्मेनलन मार्फत जानकारी दिइएको छ । आयोजक कम्प्यूटर एशोसिएसन नेपाल मकवानपुरका अध्यक्ष सन्तोष पाण्डेले सूचना प्रविधिको क्षेत्रमा आएको नयाँ आयमको बिषयमा जानकारी दिँदै आइटी व्यवसायलाई प्रबद्र्धन गराउने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको बताए । सूचनाको आधुनिकिकरणको विषयमा आम नागरिकलाई साक्षात्कार गराउने, आइटी व्यवसायीलाई प्रतिस्पर्धामा प्ररणादायी भूमिका निर्वाह गर्ने र यस क्षेत्रका स्थानीय व्यवसायीलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको उनको भनाई छ । १ सय ६५ वटा स्टल रहने मेलामा विभिन्न सूचना प्रविधिको विषयमा उत्पादित कम्पनीको सामग्रीहरुको प्रर्दशनी, मकवानपुरमै पहिलो पटक रोबोटको प्रर्दशनी, आईटी विश्वविद्यालयको विषयमा जानकारी, मोवाईलको स्टल सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सचिव पुष्पराज पुडासैनीको भनाई छ । ८२ लाख २५ हजार रुपैँया खर्चको अनुमान गरिएको मेलामा करिब दुईलाख अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । करिब १० करोडको कारोबार हुने अपेक्षा राखिएको मेलामा कम्प्यूटर हार्डवेयरको ३४, कम्प्यूटर इन्स्टीच्यूटको २०, एजुकेशनको २०, मोबाइल तथा इलेक्ट्रोनिक्सको ३४, खानाको ७, आइएसपीको ४, पार्टनर संघसंस्थाको ६ वटा र विविध ३८ वटा स्टल रहने जानकारी दिइएको छ । 
उद्योग संघको महोत्सव सार्न मउवा संघको पत्र
हेटौँडा, ३ भाद्र÷उद्योग संघ मकवानपुरको आयोजनामा यहि मदौ २९ गतेदेखि असोज ९ गतेसम्म हेटौँडामा हुन लागेको औद्योगिक प्रदर्शनी तथा दशैँ महोत्सव –२०७३ लाई दशैंतिहार पछि आयोजना अनुरोध गरेको छ । 
दशैँतिहारपर्व अघि आयोजना गरिँदा जिल्लामा रहेका व्यवसायी मारमा पर्ने भन्दै चौतर्फी बिरोध आएपछि मउवा संघले बाध्य भएर मेला सार्न अनुरोध गरेको हो । यसअघि महोत्सव आयोजनाको बिषयमा जानकारी दिन उद्योग संघले हेटौँडाको सीमा होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर महोत्सवलाई मकवानपुर उद्योग वाणिज्य संघको पूर्ण समर्थन रहने ुभाषणु गरेका अध्यक्ष राजकुमार न्यौपानेले शुक्रबार मउवा संघका वस्तुगत संघका प्रमुख तथा प्रतिनिधीसंग छलफल गर्दै महोत्सव सार्न अनुरोध गर्ने निर्णय गरेका हुन् । 
कपडा व्यवसायी तथा अन्य वस्तुगत संघका केही प्रमुख तथा प्रतिनिधीले मउवा संघका अध्यक्ष राजकुमार न्यौपाने र कार्यसमिति सदस्य उज्वल चौलागाईंले नै उद्योग संघको ब्यानरमा मेला सञ्चालन गर्न लागेको आरोप समेत लगाउँदै आएका थिए । न्यौपानेको अध्यक्षतामा शुक्रबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वस्तुगत संघका प्रतिनिधीले चाडवाडको समयमा हुने व्यापारले बर्षभर थेग्नुपर्ने भन्दै यसरी दशैँको पूर्वसन्ध्यामा हुन लागेको महोत्सवले प्रत्यक्ष रुपमा स्थानीय व्यवसायीलाई असर पुग्ने भएकोले महोत्सवको समय तालिकालाई दशैँतिहार पछि सार्न मउवा संघ मार्फत आग्रह गरेका थिए । 
छलफल कार्यक्रममा अध्यक्ष न्यौपानेले व्यवसायीको तर्फबाट आएको मागलाई संघले गम्भीर रुपले लिएको बताए । आफू व्यवसायीकै हकहितका लागि नेतृत्वमा आएको भन्दै उनले व्यवसायी संघका प्रतिनिधीको धारणालाई सम्बन्धित स्थानमा पु¥याउने प्रतिबद्धता व्यक्त जनाएका छन् । वस्तुगत संघपछि उद्योग संघले आयोजना गर्न लागेको मेलाकै विषयमा छलफलका लागि अध्यक्ष न्यौपानेले शुक्रबारै संघको कार्य समितिको समेत बैठक समेत डाकेको जानकारी दिइएको छ । कार्य समिति बैठकमा समेत अधिकांश सदस्यले महोत्सव सार्नुपर्ने धारणा राखेपछि आयोजक उद्योग संघलाई महोत्सवको समय तालिकामा पुनर्विचारकामउवा संघले शुक्रबारै पत्राचार समेत गरेको जानकारी दिइएको छ । 
Powered by Blogger.