Header Ads


हेटौँडा जेसीजद्वारा गढीमा सफाई

हेटौँडा, ४ भाद्र/हेटौंडा जेसीजले मकवानपुरको ऐतिहासिक मकवानपुरगढी परिसरमा सरसफाई गरेको छ । 
श्रीकृष्ण जन्माष्टमी मेलाको पूर्व सन्ध्यामा मकवानपुरगढी परिसर शनिबार एक कार्यक्रमका बीच सरसफाई गरिएको हो । सामाजिक कार्यमा सक्रिय रहँदै आएको जेसीजले शनिबार ३० जना जेसीज सदस्यको उपस्थितीमा गढी क्षेत्र सरसफाई गरेको हो । राजिव श्रीवास्तवको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा गढीको परिसर वरिपरका झार तथा पर्खालहरुमा उम्रिएका बुट्यानहरु नष्ट गर्नुको साथै त्यहाँ वरपर फालिएको फोहोर टिपेर एउटै स्थानमा जम्मा गरेका हुन् । सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै जेसीआई हेटौंडाका अध्यक्ष धर्मराज बानिँयाले जिल्लाको मात्रै नभई देशकै महत्व र गौरवको रुपमा रहेको ऐतिहासिक गढीको संरक्षण तथा सरसफाईमा सबैको ध्यान जान आवश्यक रहेको बताए । 
अध्यक्ष बानियाँले आगमी दिनहरुमा पनि ऐतिहासिक क्षेत्रहरुको सरसफाई र संरक्षण संगै अन्य क्षेत्रमा समेत सामाजिक कार्यलाई तीव्रता दिने बताए । 
Powered by Blogger.