Header Ads


मामाघरलाई २ लाख ९५ हजार

हेटौँडा, १८ साउन/ मकवानपुरलाई सडक बालबालिका मुक्त बनाउने अभियान सञ्चालन गरिरहेको मामाघर नेपाललाई एकजना विदेशी नागरिकले २ लाख ९५ हजार रुपैँया सहयोग गरेकी छिन् । 
सडक बालकहरुको उद्धार, पालनपोषण एवम् हेरचाह गर्दै आएको मामाघर नेपाल मकवानपुरलाई जर्मन नागरिक डा. विल्मा मोहरले २ लाख ९५ हजार रुपैँया प्रदान गरेकी हुन् । 
जर्मनीमा रहेको संस्था एआइएनले उपलब्ध गराएको उक्त रकम मामाघरमा संरक्षित पुर्व सडक बालबालिकाहरुको शिक्षा, पौष्टिक खाना र मनोरञ्जनमा प्रयोग गरिने मामाघर नेपाल मकवानपुरले जनाएको छ ।
Powered by Blogger.