Header Ads


सूचनाको ऐन कार्यान्वयन गर्न सरकारी कार्यालयलाई निर्देशन

हेटौँडा, १८ साउन/मकवानपुरका सरकारी कार्यालयले सूचनाको हक कार्यान्वयन नगरेको पाइएको छ ।
मङ्गलबार भएको कार्यालय अनुगमनको क्रममा कुनैपनि कार्यालयले पूर्ण रुपमा सूचनाको हक तथा ऐनको पालना नगरेको भेटिएको हो । प्रत्येक ३÷३ महिनामा कार्यालयले गरेको कामकारबाही र बजेटको बिषयमा सूचना पार्टीमा टाँस गर्नुपर्ने, सबैले देख्ने स्थानमा सूचना अधिकारीको नाम, सम्पर्क नम्बर र तस्वीर टाँस्नुपर्ने, सूचना माग गर्न आएको र दिएको बिषयमा लकबुक राख्नुपर्ने, सबैले देख्ने स्थानमा नागरिक बडापत्र राख्नुपर्ने र २० प्रकारको सूचनाको बिषयमा जानकारी गराउनुपर्ने भएपनि त्यसो नभएको पाइएको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको अगुवाईमा भएको अनुगमन टोलीले आवश्यक निर्देशन दिँदै सूचना हक तथा ऐन बमोजिम काम गर्न कार्यालय प्रमुख तथा सूचना अधिकारीलाई भनेको छ । टोलीले भवन प्रविधिी अनुसन्धान तथा तालिम केन्द्र, डिभिजन सहकारी कार्यालय, जिल्ला शिक्षा कार्यालय, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला वन कार्यालय, सडक डिभिजन कार्यालय लगायतका कार्यालयमा अनुगमन गरेको हो । 
अनुगमन टोलीमा जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपाने, सञ्चार केन्द्र हेटौँडा प्रमुख दिलिप श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीलगायतको उपस्थिती थियो ।
Powered by Blogger.