Header Ads


आयोजकको विजयी सुरुवात

हेटौँडा, १८ साउन/मकवानपुरको हाँडीखोला–६ लामिटारमा अन्तर क्लव स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । 
स्थानीय सनसाइन युवा क्लवको आयोजनामा मङ्गलबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको स्थानीय राजनीतिक दलका प्रतिनिधी एवम् विभिन्न संघसंस्थाका प्रतिनिधीले सामुहिक रुपमा उद्घाटन गरेका हुन् । प्रतियोगितामा चितवनका केही क्लवसहित मकवानपुरको हाँडीखोला, मनहरी र हेटौँडा उपमहानगरपालिकाको २९ नम्बर वडामा कृयाशिल २२ वटा क्लवको सहभागिता रहेको आयोजक क्लवका सदस्य धनराज राईले जानकारी दिए । 
स्थानीय युवाहरुमा रहेको खेल प्रतिभाको उजागर गर्ने र आपसी भाइचाराको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक सदस्य दीपेन्द्र अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सनसाइन युवा क्लव ‘बी’ विजयी भएको छ । मनहरी सुनाचुरीको सयपत्री क्लव सुनाचुरी ‘बी’ लाई ३–२ गोल अन्तरले हराउँदै आयोजकले विजयी सुरुवात गरेको हो । सुरुवातीमा अग्रता लिएको सुनाचुरीलाई पछि पार्दै आयोजक विजयी भएको हो । जारी प्रतियोगितामा आज बुधबार केदारेश्वर युवा क्लव मनहरी–८ रजैया र सूर्यकिरण युवा क्लव हाँडीखोला–८ दर्दराको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल रियल स्टार युवा क्लव रमनटार र मनकामना युवा क्लव दुवीचौर चितवनको बीचमा हुने आयोजक सदस्य सुमन राईले जानकारी दिए । 
प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद १० हजार र ५ हजार रुपैँयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीहरुलाई नगदसहित ट्रफिको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
Powered by Blogger.