क्यान मेलामा बढ्दै दर्शक
हेटौंडा, १२ असोज/हेटौंडाको भूटनदेवी स्कूलको चौरमा जारी क्यान इन्फोटेक–२०१६ मा दर्शकको भीड बढ्न थालेको छ ।
मेला सुरु भएको दिन देखि नै झरीले असर गरेपनि दर्शकको सङ्ख्यामा बृद्धि हुँदै गएको हो । मेलाको तेस्रो दिन बुधबार दिनभरका वर्षाद्को समयमा पनि मेला अवलोकनकर्ताहरुको भीड लागेको थियो । मेलामा अन्य दिनको तुलनामा व्यापार बढेको स्टल व्यवसायीहरुले बताएका छन् । मेलामा घुम्नसंगै आइटीको बारेमा जानकारी लिनेहरुको संख्यामा बृद्धि भैरहेको आयोजक क्यान महासंघ मकवानपुर सचिव पुष्पराज पुडासैनीले जानकारी दिए । उनका अनुसार मेलामा रोबर्ट र एस्ट्रोनोमी जोनमा विशेष भीड लाग्ने गरेको छ । ‘सामान विक्रीको फ्लो बढेको छ ।
आज बिहीबारबाट अझै दर्शक बढ्ने अपेक्षा हामीले गरेका छौं । विद्यालय तथा विभिन्न कलेजका विद्यार्थीहरुको समेत आउने क्रम बढेको छ’, उनले भने । उनका अनुसार मेलामा बुधबार मिलन अमात्य र शिखर सन्तोषले सांगीतिक कोसेली प्रस्तुत गरेका थिए । मेलामा हेटौंडा डान्सिङ स्टार प्रतियोगिता समेत भइरहेको छ । मेलामा आज बिहीबार भद्रगोल टेलिफिल्मका जिग्री र पाँडेको मनोरञ्जात्मक प्रहसन रहने आयोजक अध्यक्ष सन्तोष पाण्डेले जानकारी दिए ।