Header Ads


रमन्टार र सनसाइन विजयी

हेटौंडा, १२ असोज/सूर्य किरण युवा क्लव हाँडीखोला–८ को आयोजनामा जारी क्लव स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मनहरीको रमनटार युवा क्लव र हाँडीखोलाको सनसाइन युवा क्लव ‘ए’ विजयी भएका छन् । 
मसिने युवा क्लवलाई ५–० गोल अन्तरले हराउँदै रमनटार विजयी भएको हो भने सनसाइनले हेटौंडा–२९ नेवारपानीको सक्षम युवा क्लवलाई १–० गोल अन्तरले हराएको हो । रमनटारको लागि भुवन लामाले ४ र कुमार लामाले १ गोल गरे । यस्तै सनसाइनको तर्फबाट सुमन राईले गरेको गोल नै निर्णायक बन्यो । मङ्गलबारबाट सुरु भएको प्रतियोगितामा १९ वटा क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः २० हजार र १० हजार रुपैंयासहित शिल्ड, मेडल र प्रमाण्त्रपत्र प्राप्त गर्नेछ । भोली पहिलो खेल सूर्यकिरण युवा क्लव ‘सी’ र राजदेवी युवा क्लव बसामाडीको बीचमा हुनेछ भने राप्ति रिभर युवा क्लव पाल्दमार र हरियाली युवा क्लव ज्यामिरेको बीचमा हुनेछ । 
Powered by Blogger.