Header Ads


मकवानपुरका सिडियो अमेरिका जाँदै

हेटौंडा, १२ असोज/मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा। मानबहादुर विश्वकर्मा अध्ययन अध्यापनको लागि अमेरिका जाने भएका छन् । 
१४ गते अमेरिका जान लागेका विश्वकर्मालाई बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक कार्यक्रमका बीच विदाई गरिएको छ । उनलाई अफिसर्स क्लवका पदाधिकारी र मानव अधिकार संरक्षण तथा मानव वेचविखन बिरुद्धको सञ्जालका पदाधिकारीले विदाई गरेका हुन् । 
प्रमुख जिल्ला अधिकारी विश्वकर्माले मकवानपुरको बसाई निकै सुखद् भएको प्रक्रिया दिंदै यहाँ रहँदा सकारात्मक काममा सबैको सहयोग पाएको बताए । 
‘राजनीतिक दलका नेताहरुमा सुझबुझ पूर्ण भावना रहेको पाएको छु’, उनले भने, ‘यस्तै सञ्चारकर्मीबाट पनि निकै ठूलो सहयोग भएको छ । अन्यत्र भन्दा यहाँ सूचनाको हकलाई कार्यान्वय गराउनका लागिपरेका सञ्चारकर्मी साथीहरुको अभियान प्रशंसनीय छ ।’ भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा निकै विवादित बनेका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको स्थानमा विश्वकर्माले आफ्नो जिम्मेवारी सम्हालेका थिए । डा। विश्वकर्मा गत माघ २८ गतेदेखि मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका थिए ।
Powered by Blogger.