Header Ads


‘बक्यौता संकलन गर्ने मुख्य लक्ष्य’

हेटौंडा, १६ भदौ/नेपाल सरकारका उर्जा राज्यमन्त्री सत्यनारायण भगतले बक्यौता संकलन अभियान नेपाल सरकारको मुख्य लक्ष्य रहेको बताए । 
बिहीबार नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको निरीक्षणका क्रममा मन्त्री भगतले सरकारको मुख्य लक्ष्य भनेको बक्यौता संकलन गर्ने भएकोले  प्राधिकरणका कर्मचारीलाई बक्यौता संकलन अभियानमा निरन्तर लाग्न निर्देशन दिएका छन्  । महशुल नतिर्ने ग्राहकको लाईन काटी महशुल बढाउन पर्ने यस्तो कार्यमा सहयोग गर्न नेपाल सरकार तयार रहेकोले यस्तो कार्यमा उत्साहित भएर अभियानमा लाग्न पनि मन्त्री भगतले निर्देशन दिएका थिए । पालुङ वितरण केन्द्रमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री भगतले पालुङ वितरण केन्द्रका कर्मचारीहरुसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा पालुङ वितरण केन्द्रका केन्द्र प्रमुख शिवप्रसाद नेपालले पालुङ वितरण केन्द्रको बारेमा जानकारी दिएका थिए । बिहीबार नै एकीकृत माओवादी केन्द्र थाहानगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा पार्टीका थाहा नगर सचिव विनोद लामाले कुलेखानी तथा जलाधार क्षेत्रको संरक्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । कार्यक्रममा केन्द्रका नेता शंकर लामाले कुलेखानी निर्माण हुँदा जनता सँग गरिएका सम्झौता कार्यान्यन नभएकाले उक्त सम्झौता कार्यान्यवनमा जोड दिन राज्य मन्त्री भगत सँग आग्रह गरेका थिए ।
Powered by Blogger.