विकृत बन्दै तीज
केशव समर्पण
हेटौंडा, १६ भदौ/नेपाली महिलाहरुको पर्व तीज नजिकि“दै गर्दा हेटौंडाका पार्टी प्यालेस तथा सार्वजनिक स्थलहरु तीज कार्यक्रमले गरमागरम भएका छन् । दैनिक दर्जनौं संघसंस्थाले तीजको दर खाने र नाचगानको कार्यक्रम आयोजना गर्छन् । त्यहा“ उपस्थित महिलाका लवाई र खवाई देख्दा भने जिब्रो टोक्नैपर्ने अवस्था छ ।
पछिल्ला वर्षहरुमा तीजको मौलिक तथा साँस्कृतिक पक्षभन्दा बढी यसका विकृत पक्षको बोलवाला देखिएको छ । खर्चिलो र भड्किलो बन्दै गएको तीजले धन सम्पति नहुने महिलाहरुलाई त पिरोलेकै छ, सम्पति हुनेहरुले पनि सोच्नैपर्ने अवस्था छ । देखासिखी गर्ने प्रवृत्तिका कारण महंगा गरगहना लगाउने र दिनहुँजसो हुने भोज भतेरमा सहभागी हुन महिलाहरु तछाडमछाड गर्ने गरेको देखिन्छ । यस्तो प्रवृतिले मध्यमस्तरका महिलालाई मानसिक दबाब सिर्जना भई ऋण गरेरै भए पनि अरु सरह देखिनुपर्ने बाध्यता छ । करिब तीन दशकदेखि हेटौंडामा पत्रकारिता गर्दै आएका प्रताप विष्टको भनाइमा तीजले अनुत्पादक क्षेत्रमा लगानी बढाइरहेको छ ।
‘पछिल्ला वर्षहरुमा खर्चिलो र भड्किलो बन्दै गएको तीजले हुनेहरुलाई अवसर र नहुनेहरुलाई पीडा दिएको
छ ।’ प्रदेशसँगको कुराकानीका क्रममा विष्टले भने–‘यसरी विकृत बन्दै गएको पर्वले हुने र नहुनेबीचको खाडल झन् बढाइरहेको छ ।’ दिनहुँ दर्जनौं हुने तीज कार्यक्रममा सहभागी हुन आफूलाई धेरै ठाउँबाट निम्ता आउने गरेको विष्टले सुनाए ।
छ ।’ प्रदेशसँगको कुराकानीका क्रममा विष्टले भने–‘यसरी विकृत बन्दै गएको पर्वले हुने र नहुनेबीचको खाडल झन् बढाइरहेको छ ।’ दिनहुँ दर्जनौं हुने तीज कार्यक्रममा सहभागी हुन आफूलाई धेरै ठाउँबाट निम्ता आउने गरेको विष्टले सुनाए ।
आजभोलि तीज अलि विकृत हुँदै गएकोमा धार्मिक व्यक्तिहरू मात्र होइन यस्तो कार्यले समाजमा पार्दै गएको
नकारात्मक प्रभावले समाजशास्त्रीहरू पनि चिन्तित छन् । तीज धार्मिक दृष्टिले मात्र नभएर सांस्कृतिक र पारिवारिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिएको हुँदा यसलाई सोही अनुसार मनाउनुपर्ने धेरैको सुझाव
छ । पौराणिककालदेखि प्रचलनमा आएको भनिएको तीज आधुनिक समाजमा महिलाहरूको मेलमिलाप र मित्रताको पर्वका रुपमा विकसित हुँदै गएको छ तापनि पछिल्लो समय तडकभडकपूर्ण हुँदै गएकोमा आलोचना समेत हुने गरेको छ । तीजको गीतका नाममा छाडा गीतले बजार पिटेको छ । माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउने, घरमा भएको दुव्र्यवहारको तीतो ओकल्ने पुराना गीतहरू यतिबेला हराइसकेका छन् । अहिले त यौनजन्य अभिव्यक्तिका गीतहरूको बाढी आएको छ ।
छ । पौराणिककालदेखि प्रचलनमा आएको भनिएको तीज आधुनिक समाजमा महिलाहरूको मेलमिलाप र मित्रताको पर्वका रुपमा विकसित हुँदै गएको छ तापनि पछिल्लो समय तडकभडकपूर्ण हुँदै गएकोमा आलोचना समेत हुने गरेको छ । तीजको गीतका नाममा छाडा गीतले बजार पिटेको छ । माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउने, घरमा भएको दुव्र्यवहारको तीतो ओकल्ने पुराना गीतहरू यतिबेला हराइसकेका छन् । अहिले त यौनजन्य अभिव्यक्तिका गीतहरूको बाढी आएको छ ।
आधुनिक तीजको विश्लेषण गर्दै संस्कृतिका जानकार रामचन्द्र आचार्य ‘फुर्सदी’ले सँस्कृतिका नाममा फोस्रा
आडम्बरले प्रश्रय पाएको भनाइ व्यक्त गरे । तीजका अवसरमा बजारमा आउने गीतहरुप्रति असहमति जनाउँदै आचार्यले भने ‘परिवारसँग बसेर हेर्न÷सुन्न पनि असजिलो लाग्ने तीजका गीतहरु बजारमा ल्याइएको छ, यसले पक्कै पनि समाजलाई गलत दिसातर्फ लैजान्छ ।’ परम्परागत संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताउँदै उनले विकृत पाटोको खुलेर विरोध गर्नुपर्ने बताए । शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिन मनाइने तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षाल्लासका साथ मनाउन थालेका छन् । हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेको दिनलाई हरितालिका तीजको रुपमा मनाइदै आइएको धार्मिक मान्यता छ । पछिल्लो समय सामाजिक संस्कार र धर्म–संस्कृति तथा परम्परामाथि प्रहार हुँदै आएको कतिपयको विश्लेषण छ । विशेष गरी महिला अधिकारवादीहरूले ‘पुरुषको दीर्घायूका लागि महिलाले आफ्ना शरीरलाई कष्ट दिनु हुँदैन’ भन्ने पक्षमा वकालत गर्दा तीज पर्वमा साँस्कृतिक विचलन आउने हो कि भन्नेमा संस्कृतिका जानकारहरु चिन्तित देखिन्छन् ।
महिला अधिकारकर्मी विष्णु ओझाको भनाइ भने फरक छ । उनी भन्छिन् ‘तीजमा व्रत बस्ने संस्कृति कम हुँदै गएको छ, महिला अधिकारका हिसाबले यो राम्रो पक्ष हो ।’ तीज मनाउने क्रममा भेला हुने तथा अधिकारका कुरा गर्ने क्रम बढेकाले महिला सशक्तीकरण बढ्नेमा उनको विश्वास छ । तीज मात्रै नभई सबै चाडपर्व भड्किलो र खर्चिलो हुँदै गएको बताउँदै ओझाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा राखिन् । अरु बेला महिलाहरु प्राय घरबाट निस्कन नपाउने भएकाले तीजको समय संघसंस्था तथा राजनीतिक दलको तीज कार्यक्रममा गई रमाइलो गर्नुलाई विकृतिसँग जोड्न नहुने उनको भनाइ छ । खर्चिलोपन र तीज गीतका विकृत पक्षको भने ओझाले खुलेर बिरोध गरिने बताइन् ।

