लायन्स क्लव मुक्तिनाथद्वारा मामाघरलाई सहयोग
हेटौंडा, १६ भदौ/लायन्स क्लव अफ हेटौँडा मुक्तिनाथले सडक बालबालिकाको उद्धार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मामाघर नेपाल संस्थालाई कपडा, झोला तथा स्टेशनरी सामग्री सहयोग गरेको
छ ।
छ ।
बिहीबार बिहान मामाघर नेपाल पुगेको लायन्सको टोलीले एक कार्यक्रमकाबीच संस्थामा आश्रित बालकहरुलाई उक्त सामग्री सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जोन चेयर पर्सन कृष्णराम न्यौपाने, लायन्स क्लव अफ हेटौँडा मुक्तिनाथका अध्यक्ष राजेश भेटवाललगायतले संंस्थाका सचिव देवराज लामिछानेलाई टिसर्ट, झोला र स्टेशनरी सामग्री हस्तान्तरण गरेका हुन् ।
किमे माइग्रेट हाउस बुसान दक्षिण कोरियाका अध्यक्ष समाजसेवी यज्ञराज सुवेदीबाट सहयोग भएको उक्त सामग्री लायन्सले मामाघरमा वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले परिवारबाट विभिन्न कारणले टाढिएर सडकसम्म पुगेका बालबालिकालाई सेवा गर्दै आएको मामाघर नेपालको प्रशंसा गर्दै आगामी दिनमा पनि लायन्स क्लवले सहयोग गर्ने प्रतिबद्धता जनाए । लायन्सका अध्यक्ष राजेश भेटवालले गत बर्ष स्थापना भएको यस लायन्स क्लवले छोटो समयमा सामाजिक कार्यमा हात बढाइरहेको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तत्पर रहेको बताए । विकेशलाल श्रेष्ठले संयोजन गरेको कार्यक्रममा लायन्स क्लव अफ हेडम्बाका अध्यक्ष कविन सांगामी, लायन्स क्लव अफ हेटौँडा यूथका निवर्तमान अध्यक्ष छतेन्द्र आचार्य, पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

