इष्टु मकवानपुरको ध्यानाकर्षण
हेटौंडा, १६ भदौ/संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको संस्था संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) मकवानपुरले जिल्ला शिक्षा अधिकारीलाई विहीबार ज्ञापनपत्र बुझाएका छन् ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई विद्यालयले विभिन्न सेवा उपलब्धबाट वञ्चित गराएको भन्दै इष्टु मकवानपुरका अध्यक्ष सुदिप बर्तौलाले पाँच बुँदे माग राख्दै जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यप्रति ध्यानाकर्षण जनाएका थिए ।
उक्त पत्रमा संस्थागत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीलाई नियमानुसार नियुक्ति पत्र उपलब्ध
गराइनुपर्ने, शिक्षा ऐन नियमावली एवम् संस्थागत विद्यालय, सञ्चालन मापदण्ड निर्देशिका २०६९÷२०७२ ले तोके बमोजिमका तलब, भत्ता, सञ्चयकोष, ग्रेड, उपदान, बिदा एवम् बिमाको व्यवस्था
गरीनुपर्ने माग रहेका थिए । त्यसैगरी नियमानुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ गठन गरी शिक्षक अभिभावकको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, जिल्ला शिक्षा कार्यालय तथा जिल्ला शिक्षा समितिमार्फत सञ्चालन हुने सबै खाले समिति, उपसमिति तथा कार्यक्रमहरुमा इष्टुको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, राज्यले तोकेको मापदण्ड अनुसार सञ्चालन नभएका विद्यालयलाई तत्काल कारवाही गर्नुपर्ने माग राखी ज्ञापनपत्र बुझाइएका संस्थाका सचिव सीएम रिमालले जानकारी दिए । इष्टु मकवानपुरका अध्यक्ष वर्तौलाले पाँच बु“दे समस्या समाधान नभएमा सशक्त आन्दोलन गर्ने बताए । यता ज्ञापनपत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी आचार्यले सम्बन्धित पक्षसँग छलफल र सहकार्य गरी चाँडै निचोड निकाल्ने बताए ।

