Header Ads


म्याद गुज्रिएका सामान नष्ट

हेटौंडा, १० असोज/ नेपालीहरुको मूख्य चाड दशैं, तिहार र छठ नजिकिदै गर्दा हेटौँडा बजारमा म्याद गुज्रिएका र गुणस्तरहिन सामानको विगविगी शुरु भएको छ । चाडपर्वमा बढि किनमेल हुने भएकाले व्यापारीले पनि उपभोक्ता ठग्न यही मौका छोप्ने गरेका हुन् ।
बजारमा दैनिकजसो भईरहेको अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहिन सामग्री फेला पर्न थालेका छन् । अन्य समयमा भन्दा चाडवाडको भिडमा यस्ता सामान कटाउन सजिलो हुने भएकाले गलत प्रवृत्तिका व्यापारीहरु अहिले सक्रिय भएका छन् । 
जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र उपभोक्ता मञ्चको संयुक्त टोलीले हेटौंडा बजारका खाद्यान्न तथा किराना पसलबाट म्याद गुज्रिएको खाद्य पदार्थ, फोहोर सामग्री फेला पारेको छ । अनुगमन टोलीले त्यस्ता व्यापारीलाई एक पटक भन्दै सामानमात्रै जफत गरी नष्ट गरेको छ । बजारका दुई दर्जन किराना पसलबाट करीब १ लाख रुपैँया मूल्य बराबरको म्याद सकिएका खाद्य सामग्री भेटिएको थियो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, प्रहरी नायब निरीक्षक विश्वनाथ यादब, घरेलु तथा साना उद्योग कार्यालयका प्रणय अर्याल, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रणका खाद्य प्राविधिक विक्रम लिम्बु, जगतप्रसाद चौधरी, दिनेश ढु·ाना, राष्ट्रिय उपभोक्ता मञ्चका महेश अग्रवाल, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा लगायतले बजार अनुगमन गरेका थिए ।
बजार अनुगमन गरेपनि ठोस कारवाही नहुँदा व्यवसायीहरु पटक पटक गलत काम गर्न सक्रिय हुने गरेको उपभोक्ताहरुको गुनासो छ ।
Powered by Blogger.