Header Ads


युवासंघको शुभकामना आदानप्रदान

हेटौंडा, १० असोज/नेकपा एमाले निकट युवा संघ नेपाल मकवानपुर जिल्ला समितिको आयोजनामा सोमबार विजया दशमी, दीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी युवाहरु युवा संघका प्रवेश गरेका थिए । उनीहरुलाई एमाले मकवनपुरका उपाध्यक्ष बद्री लम्सालले टीका लगाएर एमालेमा स्वागत गरेका थिए ।
युवा संघका जिल्ला अध्यक्ष सन्तोष चौलागाँईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, उपसचिव मिना लामा, युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा लगायत एमाले मकवानपुरका जिल्ला नेताहरुसहित विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।
Powered by Blogger.