जीएसका शिक्षक कर्मचारीले मनाए तीज
हेटौंडा, १७ भदौ/हेटौंडा–५,भैरवरोडमा रहेको जीएस निकेतनका शिक्षक तथा कर्मचारीले तीज विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
जीएसका कर्मचारी र शिक्षकहरुद्वारा दुईचरणमा कार्यक्रम आयोजना गरी तीज कार्यक्रम मनाएका हुन् । कर्मचारी तथा शिक्षकहरुले पहिलो चरणअन्तर्गत् रातोमाटेस्थित दिव्य सेवा निकेतन (बृद्धाश्रम)लाई नगद नौहजार रुपियाँ त्यहाँ आश्रय लिइरहेकाहरुलाई दर खुवाउनका लागि सहयोगस्वरुप हस्तान्तरण गरिएको छ । उक्त रकम समूहका संयोजक दीपक गौतम तथा विद्यालय प्रिन्सिपल ईश्वर लामिछानेद्वारा उक्त सहयोग रकम दिव्य सेवा निकेतनका संरक्षिका सुनिता बाइजीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा निकेतनका केन्द्रीय सल्लाहकार एवम् पूर्व सांसद् केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा निकेतनका केन्द्रीय अध्यक्ष टीआर निरौला एवम् मकवानपुर अध्यक्ष चम्फुसिंह वाइवाको विशेष उपस्थिती रहेको थियो । दोस्रो चरणअन्तर्गत् शिक्षक तथा कर्मचारीहरुबीच सामूहिक दर खाने कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेका गौतमले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद दाहालको प्रमुख आतिथ्यतामा दर खाने कार्यक्रम भएको
हो ।
हो ।

