भूकम्पपीडितलाई छात्रबृत्तिको लागि हेटौंडामा मेगा कन्सर्ट
हेटौंडा, १७ भदौ/गत २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडित भएका विद्यार्थीहरुको शैक्षिक सहयोगको लागि सहयोग गर्ने उद्देश्यका साथ हेटौंडामा मेगा कन्सर्ट हुने भएको छ ।
गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रप र क्षेत्र नम्बर–२ अन्तर्गत रहेका सम्पूर्ण लियो क्लबहरुको संयुक्त आयोजनामा विजया दशैंको सन्दर्भ पारेर असोज १४ गते हेटौंडामा ुशिक्षाका लागि संगीतु भन्ने नाराका साथ बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको हो । आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो ।
विनाशकारी भूकम्पमा परी पीडित भएका विद्यार्थीहरुको छात्रवृती एवम् अन्य सहयोगको लागि सांकृतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक किशोरकुमार टण्डनले जानकारी दिए । सांस्कृतिक कार्यक्रमसँग मकवानपुर जिल्लामा रहेर शिक्षा र संगीतमा योगदान पु¥याउने केही व्यक्तित्वलाई सम्मान पनि गरिने टण्डनले बताए । मकवानपुर बहुमुखी क्याम्पसको प्रा·णमा हुने उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु द एक्स व्याण्ड, सुगम पोखरेल, शिव परियार, गिरीश खतिवडा, मेलिना राई, बद्री पंगेनी, कोशीस क्षेत्री, डीजे असिम र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । कार्यक्रमको प्रचारप्रसारस्वरुप आयोजकले विविध अन्य कार्यक्रमहरुको आयोजना गर्ने बताइएको छ । अन्य कार्यक्रमअन्तर्गत् मोटरसाइकल ¥याली, रक्तादान तथा बृद्धाश्रमलाई सहयोग रहेका छन् ।
पत्रकार सम्मेलनमा लायन्सका तारा धमला, सन्तोष साह, परमेश्वर पौडेल, शुलभ अधिकारीलगायतको आतिथ्यता थियो ।
