Header Ads


‘चाडपर्वमा कालोबजारी, मिसावट नहोस्’

हेटौंडा, ९ असोज/नजिकिंदै गरेको दशैं, तिहार, छठलगायतका पर्वमा व्यापारी एवम् व्यवसायीबाट हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, मिसावट, मूल्यबृद्धि लगायतका बिषयमा ध्यान दिन तरुण दल मकवानपुरले ध्यानाकर्षण गराएको छ । 
आइतबार दिउँसो मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापन पत्र बुझाउँदै तरुण दलले चाडपर्वको समयमा हुनसक्ने अनियमिततालाई ध्यान दिन प्रशासनको ध्यानाकर्षण गराएको हो । ‘चाडपर्वको समयमा गलत फाइदा उठाउँदै व्यापारीबाट हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, मिसावट, मूल्यबृद्धि लगायतका अवस्थालाई मध्यनजर गर्नको निम्ति ध्यानाकर्षण गराउन चाहन्छौं’, तरुण दल 
मकवानपुरका अध्यक्ष ईश्वर पाठकद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘साथै चाडपर्वको समयमा यात्रुहरुमाथि शोषण गरी तोकिए भन्दा बढी भाडा असुलीको बिरुद्वमा तरुण दल मकवानपुर जुनसुकै कारबाही गर्न पछि पर्दैन ।’ मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तरुण दलले उठाएको माग जायज भएको प्रतिक्रिया दिंदै चाडपर्वको समयमा हुन सक्ने अनियमितता रोक्नको निम्ति मकवानपुर प्रशासन कटिबद्व रहेको बताए । ‘यी मागहरुको बिषयमा हामी गम्भिर रहेका छौं’, उनले भने, ‘कालोबजारी, कृत्रिम अभाव, मिसावट, मूल्यबृद्धिजस्ता समस्या हुन नदिन सबैको सहयोग आवश्यक छ ।’
Powered by Blogger.