अस्थायी शिक्षकले जलाए शिक्षक विवरण फारम
हेटौंडा, ९ असोज/मकवानपुरका अस्थायी शिक्षकहरुले जिल्ला शिक्षा कार्यलय मकवानपुरमा आइतबार दिनभर धर्ना दिएका छन् । राज्यले अस्थायी शिक्षकहरुलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले आइतबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म धर्ना दिएका हुन् । शिक्षा ऐनमा अस्थायी शिक्षकहरुले एकपटकका लागि आन्तरिक परीक्षा रोज्ने वा सुविधा लिएर विदा हुने मध्ये एक विकल्प रोज्ने व्यवस्था गरेको छ ।
परीक्षा मार्फत अनुत्तीर्ण भए खाली हात घर फर्कनुपर्ने बताइएको छ । तर शिक्षा विभागले शिक्षक सेवा आयोगको परीक्षा सूचना आउनुपूर्व नै ऐन विपरित अस्थायी शिक्षक विवरण फारम आज असोज १० गतेसम्म भर्न सुचित गरेको छ । ऐन विपरित शिक्षा विभागले फारम भर्न सुचित गरेको विरोधमा धर्ना कार्यक्रम गर्दै उनीहरुले त्यस्तो फारम समेत शिक्षा कार्यालगको मूल गेटमा जलाइदिएका छन् ।
गएको शुक्रबार बारा, पर्सा लगायतका जिल्लामा समेत त्यस्तो फारम जलाइएको अस्थायी शिक्षक संघर्ष समितिका केन्द्रीय सदस्य रामप्रसाद गौतमले बताए । वर्तमान सरकारले तोकेको तलवमान अनुसार उपदान पाउनुपर्ने, २०७३ असार मसान्तसम्म तलबमान हिसाव गरेर सेवासुविधा गणना गर्ने कार्य

