प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण
हेटौंडा, २४ भदौ/प्राथमिक उपचार दिवसको सन्दर्भ पारेर रोट¥याक्ट क्लव अफ मकवानपुरले यहाँका ग्रामीण क्षेत्रका विभिन्न विद्यालयका माध्यामिक तहका बिद्यार्थीहरुका लागि प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण दिएको छ ।
शुक्रबार हेटौँडा–२९ मा एक कार्यक्रमको आयोजना गरी हाँडीखोला, मनहरी र बसामाडीका ६ वटा बिद्याललयका बिद्यार्थीलाई अनुशिक्षण दिएको हो । ग्रामीण भेगका मानिसमा अझै पनि विभिन्न घाउ, चोटपटक लाग्दा गलत विधिबाट औषधोपचार गर्ने परम्परा रहेकोले ग्रामीण क्षेत्रका बिद्यार्थीको लागि अनुशिक्षण गरिएको आयोजक
रोट¥याक्टका अध्यक्ष गणेशदर्पण अधिकारीको भनाई छ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष भानुभक्त आचार्यको प्रमुख आतिथ्यतामा भएको अनुशिक्षण कार्यक्रममा नेपाल रेडक्रस सोसाइट मकवानपुर शाखा सदस्य पिताम्बर बास्तोला, आरक्याट संयोजक बालकृष्ण दाहाल, शिक्षक नायक राजु घलेलगायतले प्राथमिक उपचारले मानिसको ज्यान बचाउन मद्यत पु¥याउने धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि आचार्यले प्राथमिक उपचार सही ढंगले गरेमा दुर्घटनमा परेका मानिसको ज्यान जोगिन सक्ने भन्दै बिद्यार्थीको लागि दिइएको अनुशिक्षण झनै प्रभावकारी हुने बताए । ‘यस्ता सामाजिक संघसंस्थाको आयोजनामा हुने तालिम तथा अनुशिक्षणले मानिसको ज्यान जोगाउन धेरै सहयोग गर्नेु’, उनले भने, ‘विद्यालयका बालकालिकाको लागि तालिमको आयोजना गर्न सके अझै उपयुक्त हुनेथियो ।’ कार्यक्रम संयोजक महेन्द्र राना मगरको संयोजकत्वमा भएको कार्यक्रममा रोट¥याक्टका सदस्य पुष्पराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अनुशिक्षणमा हाँडीखोलाको पशुपतिनाथ मावि, महेन्द्रज्योति उच्च मावि, भोजसिद्व मावि, मनहरीको महेन्द्रकिरण उच्च मावि, बसामाडीको निर्मल उच्च मावि र महेन्द्रकिरण उच्च मावि लेवटको बिद्यार्थीको सहभागिता रहेको थियो ।