बस्तीपुर जेसीजको अर्धबार्षिक साधारणसभा
हेटौंडा, १८ भदौ/बस्तीपुर जेसीज हाँडीखोलाको अर्धबार्षिक साधारणसभा शनिबार हेटौँडा–२९ स्थित जेसीज सचिवालयमा भएको छ ।
बस्तीपुर जेसीज बर्ष–२०१६ का अध्यक्ष विनोदकुमार बर्तौलाको अध्यक्षता एवम् संस्थापक अध्यक्ष गणेशप्रसाद भेटवालको अध्यक्षतामा अर्धबार्षिक साधारणसभा भएको हो । यस अवधिमा भएका कृयाकलापको बिषयमा महासचिव प्रकाश अर्याल, कार्यकारी उपाध्यक्षद्वय सुनिल अधिकारी र अर्जुन केसी कोषाध्यक्ष भुपेन्द्र अधिकारी तथा उपाध्यक्षद्वय गणेशदर्पण अधिकारी, प्रकाश थोकर र रमिला घलानले पेश गरेको प्रतिवेदन साधारणसभाले पास गरेको थियो । अर्धबार्षिक साधारणसभामा बस्तीपुर जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार सिटौलालगायतको आतिथ्यता रहेको थियो ।
