Header Ads


हाँडीखोलाका ५ सय ६९ लाई ‘किचेन सेट’

हेटौंडा, १८ भदौ/मकवानपुरको हाँडीखोलाका ५ सय ६९ जनालाई भाँडाकुँडाका सामग्री ‘किचेन सेट’ 
वितरण गरिएको छ । 
एकबर्ष मुनिका बालबालिका र गर्भवति महिलाको लागि युनिसेफ नेपालको आर्थिक सहयोग, एसीएफ नेपालको प्राविधिक सहयोग एवम् जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा उक्त सामग्री वितरण गरिएको हो । शनिबार हाँडीखोला स्वास्थ्यचौकीमा एक कार्यक्रमकाबीच उनीहरुलाई भाँडाकुँडाका सामग्री वितरण गरिएको स्वास्थ्यचौकीका अहेव ज्योतिराज लुईंटेलले जानकारी दिए ।
भूकम्प प्रभावित जिल्लामा एकबर्ष मुनिका बालबालिका र गर्भवति महिलाको लागि किचेन सेट वितरण गर्ने नीति एवम् कार्ययोजना अनुरुप हाँडीखोलामा शनिबार वितरण गरिएको उनको भनाई छ । 
‘करिब साँढे ५ सय जना सेवाग्राही होलान् भन्ने हाम्रो अनुमान रहेको थियो । ५ सय ६९ जनालाई वितरण गरियो’, लुईंटेलले भने, ‘केही व्यक्तिहरु छुटेको भन्ने जानकारी आएको छ । 
उनीहरुलाई पनि सहयोग हुनेछ । सामग्री वितरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य 
निरीक्षक भोला चौलागाईं, हाँडीखोला स्वास्थ्यचौकी प्रमुख कृष्णकुमार यादवसहित युनिसेफ नेपाल र एसीएफ नेपालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
Powered by Blogger.