Header Ads


थाहा आइडल नृत्यतर्फ १३ छनौट

हेटौंडा, ३० भदौ/ दोस्रो थाहा महोत्सव–२०७३ अन्तर्गत आयोजित थाहा आइडलको नृत्यतर्फ बिहीबार दुई प्रतिस्पर्धी बाहिरिएका छन् । १५ जना प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरेको प्रतियोगिताअन्तर्गत १३ प्रतियोगी अघिल्लो चरणको लागि छानिएका
हुन् ।
प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रममा प्रतियोगीको प्रस्तुति नरहने हुँदा दोस्रो दिन दुई प्रतिस्पर्धी बाहिरिएको निर्णायक तथा वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द राईले बताए । प्रतियोगिताको आज हुने प्रतिस्पर्धाका लागि संस्कृति लामा, स्वेता तामाङ, एलिजा विष्ट, सुप्रिया अधिकारी, उर्मिला स्याङ्तान, बुद्धिमान लो, चन्दा तामाङ, एलिना राना, पूजा बिष्ट, रोशनी तामाङ, शान्ति घले, सुरेश मोक्तान र विन्दु थिङ छानिएको निर्देशक राईले जानकारी दिए ।
Powered by Blogger.