मैत्रीपूर्ण खेलमा निजामति विजयी
हेटौंडा, २१ भदौ/निजामती कर्मचारी दिवसको अवसरमा भएको मैत्रीपूर्ण खेलमा निजामति कर्मचारी टे«ड युनियन विजयी भएको छ ।
मङ्गलबार अफिसर्स क्लवलाई ७–५ गोल अन्तरले हराउँदै युनियन विजयी भएको हो । निजामती कर्मचारी ट्रेड युनियन मकवानपुरका अध्यक्ष बिष्णु अर्यालको अध्यक्षता तथा अफिसर्स क्लबका अध्यक्ष एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा फुटबल भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रजिअ डा. बिकले जनतामैत्री बनेर काम गर्न सबै निजामती कर्मचारीलाई निर्देशन दिए । निजामती दिवसको पूर्वसन्ध्यामा निजामती कर्मचारी ट्रेड युनियनले मङ्गलबार बिहान आ–आफ्नो सरकारी कार्यालयहरुको सरसफाई समेत गरेको छ ।

