Header Ads


मउवा संघको टोलीद्वारा प्रधानमन्त्रीसंग भेट

हेटौंडा, २१ भदौ/मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सुरुङमार्ग र २५ मिटरको समस्या समाधानमा पहल गरिदिन आग्रह गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा मङ्गलबार काठमाण्डौँ पुगेको टोलीले प्रधानमन्त्रीलाई भेट्दै सुरुङमार्ग सरकारले नै बनाउने तर्फ ध्यान दिन अनुरोध गरेको हो । सुरुङमार्ग मकवानपुर र काठमाण्डौँ जोड्नका लागि निकै कम दूरीको बाटो हुने र आम नेपालीकै लागि यो मार्ग बन्दा निकै सहज हुने भएकोले अब यसको जिम्मा सरकारले नै लिनुपर्ने भन्दै यसतर्फ ध्यान दिन अनुरोध गरेको हो । 
पूर्वाधार विकास कम्पनी सोचे अनुरुप अघि बढ्न नसकेको र कम्पनीको सोचलाई सरकारको तर्फबा खासै सहयोग नभएकोले अब यसलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा पारेर अघि बढाउनुपर्ने अध्यक्ष न्यौपानेको भनाई 
थियो । यस्तै राजमार्ग आसपासका २५ भत्किने बिषयले बेलाबखतमा मकवानपुरबासीलाई आतंकित बनाउने गरेकोले यसको दीर्घकालिन हल खोज्नको निम्ति प्रधानमन्त्री दाहाललाई अनुरोध गरेको 
छ । मकवानपुरबासी २५ मिटरको समस्याले बर्षौँदेखि अल्झिरहेको र २५ मिटर वरपर घरजग्गा भएकाहरुले बैँकिङ कारोबार समेत गर्न नपाएको जानकारी गराउँदै उनले यस बिषयमा गम्भिर हुनको निम्ति अनुरोध गरे । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा गएको टोलीको कुरा सुनिसकेपश्चात प्रधानमन्त्री दाहालले सुरुङमार्ग सरकारले बनाउने बिषयमा छलफल चलिरहेको प्रतिक्रिया दिए । यस्तै २५ मिटरको समस्या हलको निम्ति उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर 
महरालाई निर्देशन दिँदै समस्या समाधानमा पहल गर्न निर्देशन दिए । प्रधानमन्त्रीलाई भेट्न सांसद्द्वय इन्द्रबहादुर बानियाँ र 
रामनारायण बिडारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, नेता बलराम बल, मउवा संघका पूर्वअध्यक्षहरु उत्तम शर्मा ढकाल र केशव श्रेष्ठ, सल्लाहकार विजेन्द्र अग्रवाल, हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष सुनिल मोक्तानलगायतको टोली प्रधानमन्त्री कार्यालयमा पुगेको थियो । 
Powered by Blogger.