किन मान्दैनन नेवार जातिले तीज ?
के हो तीज ?
पौराणिक कथा अनुसार महादेवका अर्धा·नी सतीदेवीले आÇनो बाबू दक्षप्रजापतीको घरमा योगशक्तिले देह त्याग गर्नु पूर्व शिवजीलाई हरजन्ममा पतिका रुपमा पाउने संकल्प गरेका
थिए । देवी सतीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भबाट पार्वतीका रुपमा जन्म लिनु भए पछी देवी पार्वतीले बाल्यअवस्था देखिनै महादेव पति पाउन जप ध्यान एवम विभिन्न व्रत उपासना गर्दै श्री स्वस्थानी व्रत लिनु भएको थियो । साउन महीनामा शिवजीको कठोर व्रत उपासना तथा तप गरि आÇनो तपस्याले पूर्णता पाई सकेको अवस्थामा पनि पिता पर्वतराजले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरीदिन खोजे पछि चिन्तितरहेकी पार्वतीलाई सखीहरुले पर्वतराजले फेला पार्न नसकिने गरि हरण शैलीमा अनकन्तार ठाउँमा लगेर लुकाएर राखे पछि पार्वतीले पानी सम्म पनि नखाई निराहार बसी व्रत उपासना गरि महादेवलाई प्रशन्न पारी वरको रुपमा प्राप्त गरेको र पार्वतीलाई सखीहरुले हरण गरेको दिन भाद्र शुल्क तृतियाको दिन भएकाले त्यसै कारण त्यसै समय देखिनै सनातनी नेपाली महिलाहरुले यो हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको हो भन्ने शास्त्रीय मत रहेका छन । संस्कृत शब्द “हरित र आलिका दुई शब्द मिलेर बनेको भएर नै हरितालिका शब्द बनेको हो भन्ने कथन पनि छ । हरितको अर्थ हरण र आलिकाको अर्थ सखी भन्ने भएकाले नै यो व्रत उपासनालाई हरितालिका अर्थात यसलाई तीज पनि भन्ने गरिन्छ ।
किन मान्दैनन त नेवार जातिले तीज ?
नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरुको विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा, जस्मा बेलसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भनिन्छ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ । केही समुदायहरुमा केटीहरुको पहिलो रजस्वलाको समयमा गरिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरुलाई खराब मान्छेहरु तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास समेत रहेको पाइन्छ ।
नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ। जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । नेवार समुदायमा छोरीको तिन पटक हुने यहि कारणले र परम्पराले हो । बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि मात्र सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि मात्र बरसँग विवाह गराइन्छ । सामाजिक संजाल फेसबुकमा प्रकाश मान शिल्पकार लेख्नुहुन्छ ‘नेवार समुदायका महिलाहरु सनातनी हिन्दूनै भएतापनी ऋषिपञ्चमिको यो व्रत बसी रजस्वला हुंदाको छुवाछुतको प्रायश्चित गरिरहनु पर्दैन, किन भने नेवार समुदायका कन्याहरुको बाल्य अवस्थामानै रजस्वला हुनुपूर्व अगाडिनै अथवा पहिलो रजस्वला हुना साथ बाह्र दिन सम्म सूर्यको किरण सम्म पनि नदेखाई कुनै पुरुषले नदेख्ने गरी गुप्तवास याने (गुफा) राखी बैदिक
(तन्त्रनिर्देशन अनुसार बिधिवत प्रकृया पु¥याई सूर्यदेवलाई साक्षीका रुपमा राखी गुप्तवास बाट निकाली सूर्य दर्शन गराई रजस्वला हुँदाका बखत हुने र हुन सक्ने छुवाछुतको समस्त दोष बाट मुक्त हुने अर्थात कुनै दोष नलाग्नेगरि धर्म शास्त्रीय नीतिगत रुपमा नै संस्कार सम्पन्न भै सकेको कारणले गर्दा ऋषिपञ्चमिको व्रत उपासना गरि पुनःप्रायश्चित गर्न नपर्ने शास्त्रीय मान्यता अनुसार नेवार सनातनी महिलाहरुले यो ऋषिपञ्चमिको व्रत बस्दैन र बस्न पनि संस्कारले दिदैन ।’
सनातन हिन्दू धर्म मान्नेनै भएतापनी नेवार समुदायका महिलाहरुले तिजको समयमा अन्य ब्रतालुले जसरी तिजको व्रत बस्नु पर्दैन अथवा भनौ बस्ने परम्परा छैन । हिन्दु धर्मावलम्बी भएता पनि नेवार समुदायका सनातनी कन्याहरुको बाल्य अवस्थामा नै भगवान सुवर्ण कुमार (हिरण्य गर्भ) संग बैदिक–तन्त्र निर्देशन अनुसार इही (इहीपा, विवाह) संस्कार सम्पन्न भै कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरि सकेका छन ।
यस्तो अवस्थामा यो तीजको व्रत लिई नेवार महीलाहरुले पुनः सौभाग्यका लागि व्रत बसि कामना गर्नु पर्ने आवश्यक्ता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले गर्दा सनातन हिन्दू नै भयेतापनी नेवार महिलाहरुले तीजको यो व्रत लिदैनन । गाउँ समाजमा बसे पछी ‘बालीमा नमिलेको डुम’ बन्नु हुन्न भन्ने मान्यता छ ।
गाउँ समाजमा कुनै एक जातिको बाहुल्यता नहुने भएकोले अल्पसंख्यकको आधारमा आजकाल केही नेवार महिलाहरुले पनि अरुहरुको देखासिकी गर्दै रहरले यो व्रत बसेको देख्न पाउँछौ । यसरि तिज ब्रत बस्नेहरुले आÇनो संस्कृति र परम्परा नबुझेको भएर हुन सक्छ । यस्तो हुनुमा नेवार जातिको आÇनै पण्डित अर्थात गुभाज्यु नहुनुको कारणले गर्दा पनि हो । यदि गुभाज्यु भई दिएको भए गुभाज्युले आÇनो जातिले मान्ने धर्म तथा संस्कृति देखि परम्पराको बारेमा सविस्तार व्याख्या गर्थे होलान । जो जसले तिजको ब्रत बसे जुन नेवार परम्परा, संस्कृत र धर्म संस्कारमा नपर्ने भएकोले आÇनो संस्कृति र परम्परा के हो भनेर बुझ्नु आवश्यक देखिन्छ ।
अहिलेको धर्म निरपेक्ष गणतन्त्र भनेर भनिएको समयमा धर्म दर्शन र संस्कृतिको खोक्रो आदर्श छाट्नु केहिको नजरमा गलत होला । हरेक जातिको आÇनै रितिरिवाज र संस्कृति छ । नेवार जस्तै तामा· जाति पनि ओमकार परिवारका हुन तर तामा· जातिको आÇनै संस्कार र पर्वहरु छ भने तामा· जातिले तिज मान्नुको कुनै अर्थ हुन्न ।
ताम· हुन या नेवार जाति गाउँसमाजमा मिलेर बसेपछि तिजको रौनकमा छाउनु कुनै अनौठो हैन । अन्य समुदायका संग मिलेर रमाईलो मनाउनु पर्छ तर नेवार तथा तामा· जातिले तिज पर्वमा निराहार ब्रत बस्नु पर्छ भन्ने कुनै जरुरी भने छैन । यी सबै विवरणहरु विकिपिडिया तथा फेसबुकमा प्रकाश मान शिल्पकारले प्रस्तुत गर्नु लेखहरुको आधारमा तयार गरिएको हो ।
२०७३ भदौ २२ गते बुधबार प्रकाशित

