Header Ads


पाठकको स्मृतिमा शोभसभा

हेटौंडा, २७ भदौ/बस्तीपुर जेसीज हाँडीखोलाका सल्लाहकार एवम् समाजसेवी उदयसिँह पाठकको निधन भएको ४५ औँ दिनको पूण्यतिथिमा जेसीजले शोकसभाको आयोजना गरेको छ । 
सांसद् गणेश थापाले पाठकको निधनबाट मकवानपुरले नै एकजना असल सामाजिक एवम् राजनीतिक व्यक्ति गुमाएको भनाई व्यक्त गरे । हाँडीखोला र हेटौँडा २९ जोड्ने पुल बनाउनको निम्ति पाठक निरन्तर लागिपरेको स्मरण गर्दै थापाले पाठकको इच्छा पूरा गर्नको निम्ति आफू लागिपरेको बताए । 
उनको अधुरा एवम् अपुरा सामाजिक कार्य पूरा गर्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने सांसद् थापाको भनाइ 
थियो । बस्तीपुर जेसीजका अध्यक्ष बिनोदकुमार बर्तौलाको अध्यक्षतामा भएको शोकसभामा राप्रपा नेपालका केन्द्रीय सदस्य दीपक सिँह, नेपाली काँग्रेसका नेता भरत पराजुली, बसामाडीका पूर्व गाविस अध्यक्ष हरिबहादुर पण्डित, जनहीत सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनहरि बर्तौला, बसामाडी जेसीजका निवर्तमान अध्यक्ष बिष्णुहरि पण्डित, स्थानीय समाजसेवी अक्कलबहादुर जिम्बा, सर्वेश्वर महादेव मन्दिरका अध्यक्ष हेमबहादुर ढकाल, नेपाल हृदयरोग निवारण संस्था 
मकवानपुरका सभापति हरिवंश भेटवाल, बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेश भेटवाललगायतले पाठकले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै उनले देखाएको बाटोमा हिँड्नु आवश्यक रहेको धारणा राखे । पाठकको परिवारले ४५ औँ दिनको पूण्यतिथिमा सर्वेश्वर मन्दिरलाई एउटा घण्ट र ऐना सहयोग गरेको छ भने बस्तीपुर जेसीजको पदस्थापन कार्यक्रममा प्रदान गर्ने गरी प्रत्येक बर्ष सामाजिक कार्यमा लागेका एक महिला र एक पुरुषलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । यस्तै निर्मल उच्च माविमा अध्ययनरत एक गरिब तथा जेहेन्दार बिद्यार्थीलाई नगद ५ हजार २ रुपैँया छात्रबृत्ति प्रदान गरिने जानकारी दिइएको छ ।
Powered by Blogger.