Header Ads


४२ वर्षपछि फरार अभियुक्त पक्राउ

हेटौँंडा, ६ असोज/जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मकवानपुरले ४२ बर्ष अघि ३ बर्ष कैदको फैसला सुनाएपश्चात फरार रहेका एक अभियुक्तलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । 
२०३१ साल असार १२ गतेको फैसलाले जबरजस्ती करणी गरेको ठहर गर्दै ३ वर्ष कैद तोकेपश्चात फरार रहेका हेटौंडा–५ का ६६ बर्षका शिवे कार्कीलाई मकवानपुर प्रहरीले बिहीबार पक्राउ गरेको हो । 
कार्कीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालत पेश गरिएकोमा अदालतले सजाय भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । 
Powered by Blogger.