Header Ads


पेन्टागनमा सेमिनार

हेटौंडा, ६ असोज/हेटौंडा–४ स्कुलरोडमा रहेको पेन्टागन एकेडेमीले फ्री एजुकेशन सेमिनारको आयोजना गरेको छ ।
कक्षा १२ उत्तीर्ण गरी बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै आयोजना गरिएको सेमिनारमा ४० जना भन्दा बढिको सहभागिता रहेको थियो । कक्षा १२ पछि विज्ञान, व्यवस्थापन तथा अन्य संकायमा हाल नेपालमा सञ्चालनरत विभिन्न विषयहरुको जानकारी एवम् आफ्नो लागि कसरी छनौट गर्ने भन्ने विषयमा केन्द्रित रहेको सेमिनारमा एकेडेमिका शिक्षक मेघराज फुया“लले सहजीकरण गरेका थिए ।त्यसैगरी  हिमालयन ह्वाइट हाउस ग्राजुयट स्कुल अफ म्यानेजमेन्ट, काठमाडौंका कार्यक्रम संयोजक रामप्रसाद पौडेलले पनि प्रशिक्षण दिएका थिए । 
एकेडेमीले फ्रि सेमिनारको आयोजना साथमा विभिन्न छात्रवृत्ति कार्यक्रमको पनि आयोजना गरिएको एकेडेमीका प्रबन्ध निर्देशक गोविन्द चौलागाईले जानकारी दिए ।
Powered by Blogger.