चौलागाइँको जन्मदिनमा दिव्यसेवा निकेतनलाई एकलाखको सहयोग
हेटौंडा/नेकपा एमाले निकटको युवा दस्ता युवा संघ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागाइँले जन्मदिनको अवसरमा हेटौंडा–१७ चुरियामाईमा रहेको दिव्यसेवा निकेतनलाई एक लाख मूल्य बराबरको थेरापी मेसिन सहयोग गरेको छ ।
युवा संघ मकवानपुरमा आबद्ध रहेकाहरुको सहयोगबाट एक लाख मूल्य बराबरको थेरापी मेसीन प्रदान गरिएको बताइएको छ । युवा संघ मकवानपुर अध्यक्ष चौलागाइँले जेष्ठ नागरिकलाई सम्मान गर्नु आवश्यक रहेको
बताए । ‘जबसम्म आफ्ना आमाबाबुलाई सम्मान गर्न सकिँदैन, त्यसले कसैलाई सम्मान गर्दैन’, उनले भने, ‘अहिलेका युवाहरुले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उहाँहरुबाट राम्रा कुरा सिक्दै अघि बढ्नु आवश्यक छ ।’
बताए । ‘जबसम्म आफ्ना आमाबाबुलाई सम्मान गर्न सकिँदैन, त्यसले कसैलाई सम्मान गर्दैन’, उनले भने, ‘अहिलेका युवाहरुले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उहाँहरुबाट राम्रा कुरा सिक्दै अघि बढ्नु आवश्यक छ ।’
जन्मदिनमा पुण्यको काम गर्न पाएकोमा खुसी लागेको सुनाउँदै उनले आगामी जन्मदिनहरुमा पनि यस्ता खाले सेवामुलक कामलाई निरन्तरता दिँदै जाने बताए । दिव्यसेवा निकेतनका प्रमुख सल्लाहाकार केदार न्यौपानेले युवाहरुले ज्येष्ठ नागरिकप्रति देखाएको आदारले अबको समाज सुन्दर हुने बताए ।
दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, निकेतनका सुनिता वाईजी, युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष हिदम लामा, एमाले जिल्ला सदस्यहरु नविन सिग्देल, सुनिल मोक्तान, युवा संघ नेपालका नारायणी अञ्चल अध्यक्ष नविन सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

