५४ जनाले गरे रक्तदान
हेटौंडा, २ असोज/मकवानपुरमा रहेका चारवटा लायन्स क्लवले संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।
मकवानपुरमा पछिल्लो समय रगतको चरम अभाव भएको भन्दै यहाँ क्रियाशिल चार लायन्स क्लवले शनिबार संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । लायन्स क्लव अफ हेटौंडा बजार, लायन्स क्लव अफ हेटौंडा बजार ग्रीन सिटी, लायन्स क्लव अफ हेटौंडा ग्रेटर सिटी र लायन्स क्लव अफ हेटौडा इन्टेलेक्च्यूअलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । लायन्स क्लव अफ हेटौंडा ग्रीन सिटीका अध्यक्ष राजदेव बानियाँको संयोजकत्व तथा लायन्स क्लव अफ हेटौंडा बजारका अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा रक्तदान भएको हो । कार्यक्रमका मुख अतिथि लायन्सका सिनियर डिष्ट्रिक्ट एड्भाइजर राम श्रेष्ठ रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले मकवानपुरसहित देशको विभिन्न स्थानमा रगतको अभाव भएको जानकारी आएपश्चात यहाँ कृयाशिल चारवटा लायन्स क्लवको आयोजनामा संयुक्त रक्तदानको आयोजना हुनुले रगतको अभाव कम हुने धारणा राखे ।
आगामी दिनमा यस्तै सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने लायन्स क्लव अफ हेटौंडा ग्रेटर सिटीका अध्यक्ष कमल खत्रीको भनाई छ ।