Header Ads


स्वास्थ्यकर्मी समाजमा चौलागाई

हेटौंडा, ८ असोज/ नयाँ शक्ति नेपाल निकटको नेपाल स्वास्थ्यकर्मी समाजको राष्ट्रिय प्रारम्भिक भेला सम्पन्न भएको छ । २ दिनसम्म काठमाण्डौंमा भएको भेलाले समाज अन्तर्गत विभिन्न विभाग गठन गरेको छ ।
डा. ज्ञानेन्द्र शाह इन्चार्ज रहेको समाजको गैरसरकारी एवम् निजी विभागमा मकवानपुरका स्वास्थ्यकर्मी उत्सव चौलागाई केन्द्रीय संयोजकको रुपमा चुनिएका छन् । चौलागाईको नेतृत्वमा गठन भएको ३३ सदस्यीय समितिको सचिवमा लिला भण्डारी रहेका छन् । चौलागाई यसअघि नेपाल स्वास्थ्यकर्मी संघको संयोजक 
थिए । स्वास्थ्यकर्मीको छाता संस्थाको रुपमा विकास गर्न समाजमा विभिन्न विभाग गठन गरिएको जनाइएको छ । 
सरकारी विभागको केन्द्रीय संयोजकमा भगिरथ बानियाँ र महासचिवमा विष्णु जोशी रहेका छन् । चिकित्सक विभागको केन्द्रीय संयोजकमा भुपेन्द्र श्रेष्ठ, नर्सिङ विभागको केन्द्रीय संयोजकमा शुभद्रा प्रधान र आर्युवेदिक विभागको संयोजकमा डा. चन्द्र गिरी चयन भए । कार्यक्रमको उद्घाटन नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले गरेका थिए । 
सबै स्वास्थ्यकर्मीहरुको एकता, गुणस्तरीय र जनपक्ष स्वास्थ्य सेवाको लागि न्याय र समानता भन्ने मूल नाराका साथ संगठनले करछलि गर्ने क्लिनिकलाई सरकारको दायरामा ल्याइ राज्यलाई दिनुपर्ने ५ प्रतिशत कर तिर्न बाध्य गराउने केन्द्रीय संयोजक चौलागाईको भनाई छ ।
Powered by Blogger.