मैनालीको नेतृत्वमा नेपाल–भारत मैत्री संघ
हेटौंडा, ८ असोज/नेपाल–भारत मैत्री संघ मकवानपुरको अध्यक्षमा प्रविण मैनाली चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको संघको तेस्रो बार्षिक साधारणसभाबाट मैनाली सर्वसम्मत अध्यक्षमा चयन भएका
हुन् । संघको समितिमा सदस्यहरु राजकुमार जोशी, गंगाप्रसाद पौडेल, प्रविण बर्तौला, सुदीपराज गिरी, विनोदकुमार थापा, बिष्णुकुमार श्रेष्ठ, विषलाल खड्गी, रजनी श्रीवास्तव, प्रकाश खतिवडा, राजेश अग्रवाल र राममान श्रेष्ठसहित १२ जना रहेका छन् ।
हुन् । संघको समितिमा सदस्यहरु राजकुमार जोशी, गंगाप्रसाद पौडेल, प्रविण बर्तौला, सुदीपराज गिरी, विनोदकुमार थापा, बिष्णुकुमार श्रेष्ठ, विषलाल खड्गी, रजनी श्रीवास्तव, प्रकाश खतिवडा, राजेश अग्रवाल र राममान श्रेष्ठसहित १२ जना रहेका छन् ।
मैत्रीसभा तथा निर्वाचन तयारी समितिका संयोजक वविन लिगलका अनुसार पदाधिकारी संघको बैठकले मनोनित गर्नेछ । संघ जिल्ला अध्यक्ष इश्वरप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल–भारत मैत्री संघ केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता रहेको थियो । सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष सरावगीले नेपाल–भारको सम्बन्ध भौगोलिक, धार्मिक, सांस्कृति तथा विभिन्नरुपमा रहेको बताए । उनले नेपालको विकासमा भारतको योगदान रहेको बताउँदै नेपालको अहित भारतले कहिल्यै नचाहेको बताए । ‘हाम्रो अहित चिताउनु भनेको भारतको पनि अहित हुनु हो’, केन्द्रीय अध्यक्ष सरावगीले भने । कार्यक्रममा संघ मकवानपुरका संस्थापक अध्यक्ष इश्वरचन्द्र अग्रवाल, नेपाली काँग्रेस जिल्ला सचिव आनन्द कठायत, नेकपा एमाले जिल्ला सहसचिव मीना लामा, नयाँ शक्ति नेपालका राजन मैनाली, नेकपा मालेका भीमसेन महत, अर्वुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ, उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल, संस्थाका सल्लाहकार केशबप्रसाद अधिकारी, केन्द्रीय सदस्य रणधिरकुमार सिंह तथा केन्द्रीय सल्लाहकार रमाशंकर श्रीवास्तवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अध्यक्षमा चयन भएका मैनालीले संघको विधान अनुरुप सामाजिक कार्यसंगै नेपाल र भारतको सम्बन्ध विकासको निम्ति काम गर्दै जाने
बताए ।
बताए ।

