रोट¥याक्ट क्लवद्वारा आमसाईमा सहयोग
हेटौंडा, २६ भदौ/पछिल्लो समय मकवानपुरमा सामाजिक गतिविधीलाई तीव्रता दिइरहेको रोट¥याक्ट क्लव अफ मकवानपुरले हेटौँडा–४ कर्रामा रहेको आमसाई स्कूलका ६ जना विपन्न विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।
रोट¥याक्ट क्लवका उपाध्यक्ष मनिषमान श्रेष्ठको जन्मदिनको अवसरमा आइतबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको हो । क्लवका अध्यक्ष गणेशदर्पण अधिकारी, उपाध्यक्ष मनिषमान श्रेष्ठ, उनको आमाबाबु महेन्द्रमान श्रेष्ठ र सरिद्धी श्रेष्ठले संयुक्त रुपमा स्कूलका प्रमुख आचार्य ओमकारेश्वरानन्द (दादा सर) लाई सामग्री हस्तान्तरण गरेका हुन् । स्कूलका प्रमुख आचार्य ओमकारेश्वरानन्दले विद्यालयमा अध्ययनरत बालकहरुको अवस्थाको बिषयमा जानकारी गराउँदै यस्ता सहयोगले स्कूल सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । रोट¥याक्टका सदस्यहरु नेतृत्व विकाससंगै सामाजिक कार्यमा लागेको जानकारी दिँदै क्लव अध्यक्ष गणेशदर्पण अधिकारीले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने बताए । ‘जन्मदिनलगायतका खुसीयालीमा फजुल खर्च गर्नु भन्दा त्यो रकमले सामाजिक सेवा गर्नु राम्रो भन्ने बुझाईको विकास भएको छ’, उनले भने, ‘क्लवले यस कार्यलाई निरन्तरता दिँदै जानेछ ।’ अनावश्यक खर्च गर्नु भन्दा सामाजिक सेवा गरेर जन्मदिन मनाउँदा आनन्दको महसुस हुने बताउँदै उपाध्यक्ष मनिषमान श्रेष्ठले अगामी दिनमा पनि यस कार्यलाई निरन्तर अघि बढाउने बताए ।

