Header Ads


कार्की विद्युतीय व्यवसायी महासंघमा

हेटौंडा, २६ भदौ/मकवानपुर विद्युतीय व्यवसायी संघका अध्यक्ष शिवकुमार कार्की नेपाल विद्युतीय व्यवसायी महासंघको कार्य समिति सदस्यमा निर्वाचित भएका छन् । विद्युतीय व्यवसायीहरूको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघको शनिबार काठमाण्डौँमा भएको छैठौं एवम् सातौं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनबाट कार्की महासंघको कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । 
महासंघको कार्यसमिति सदस्यमा मकवानपुरबाट उम्मेद्वारी दिएका उनी अत्याधिक बहुमतले बिजयी भएका हुन् । ८ जना कार्यसमिति सदस्य पदमा १३ जनाको उम्मेदवारी परेको थियो । 
कुल सदर मत एकसय ९४ मा उनले एकसय ४८ मत ल्याएर बिजयी भएको संघका सदस्य माधव गौतमले जानकारी दिए । मकवानपुर विद्युतीय व्यवसायी संघको सिफारिसमा संघका अध्यक्ष शिवकुमार कार्की, प्रतिनिधि मधुसुदन लामिछाने, अशोक गुप्ता, स्वस्तिक आचार्य, माधव गौतम र पर्यवेक्षकको रुपमा सुरज खनालले सहभागिता जनाएका छन् ।
 महासंघको कार्यसमिति सदस्यमा विजयी भएका कार्कीले केन्द्र र जिल्ला शाखालाई जोड्दै व्यवसायीको हक अधिकारको निम्ति निरन्तर लागिपर्ने प्रतिक्रिया दिए । 
Powered by Blogger.