Header Ads


अतुल जिमिनी पेट्रोल रिक्सा बजारमा

हेटौंडा, २६ भदौ/पछिल्लो समय मकवानपुरमा इलेक्ट्रोनिक रिक्साले मार्केट लिइरहेको अवस्थामा बी एण्ड डी अटो सेल्स प्रालि हेटौँडाले नयाँ रिक्सा बजारमा ल्याएको छ । 
मकवानपुरलाई लक्षित गरी विभिन्न सुविधासहितको पेट्रोलबाट चल्ने रिक्सा बजारमा ल्याएको बी एण्ड डी अटो सेल्सका म्यानेजर नविन पराजुलीले जानकारी दिए । ‘२२० सिसीको यस रिक्साको धेरै विशेषताहरु रहेका छन्’, जानकारी दिँदै उनले भने, ‘इञ्जिनको क्षमता राम्रो रहेको छ । यस्तै म्यूजिक सिष्टम यसमै जडित रहेको छ, मोबाइल चार्जर यसैमा जडान गरिएको हुन्छ भने यसको माइलेज ३० किलोमिटर रहेको छ ।’ विभिन्न ७ रङ्गमा बजारमा आएको यस रिक्सा दशैँ छुटका साथ धमाधम विक्री तथा बुकिङ सुरु भएको पराजुलीले जानकारी दिए । ट्याङ्की क्षमता ८ लिटर रहेको अतुल जिमिनी पेट्रोल रिक्सा अन्य रिक्सा भन्दा सुरक्षित र टिकाउ रहेको बी एण्ड डी अटो सेल्स प्रालि हेटौँडाको दावी रहेको छ । 
Powered by Blogger.