निक भलिवल २८ गतेदेखी
हेटौंडा, २६ भदौ/बसामाडी जेसीजले प्रत्येक बर्ष आयोजना गर्दै आएको उद्योगस्तरीय भलिवल प्रतियोगिताको यस बर्षको संस्करण यही भदौ २८ गतेबाट सुरु हुने भएको छ ।
हेटौँडाको हुप्रचौरमा सञ्चालन हुने प्रतियोगितामा यस बर्ष जम्मा ४ वटा उद्योगले मात्र सहभागिता जनाउने भएका छन् । आयोजक बसामाडी जेसीजले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार नेपाल ईकरात कम्पनी प्रालि, अल्कोवा सिएसआई, शिवम सिमेण्ट र एन्टार्टिक बिस्कुट उद्योगले सहभागिता जनाउने भएको छ । जेसीज अध्यक्ष सुनिल दाहालका अनुसार प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद २० हजार र ५ हजार रुपैँयासहि शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनको भनाई छ । मकवानपुरका विभिन्न उद्योगमा कार्यरत मजदुरको बीचमा भाइचाराको विकास गर्ने उद्देश्यका साथ प्रतियोगितालाई निरन्तरता दिँदै आएको अध्यक्ष दाहालको भनाई छ । पत्रकार सम्मेलनमा जेसीजका पूर्व अध्यक्ष अभय श्रेष्ठ, इश्वर मैनाली, निवर्तमान अध्यक्ष बिष्णुहरि पण्डितलगायतको आतिथ्यता रहेको थियो ।

