Header Ads


व्यवसायी पक्राउको बिरोधमा नारायणीको काउण्टर बन्द

हेटौंडा, २६ भदौ/नारायणी यातायात व्यवसायी संघका चितवन उपाध्यक्ष अशोककुमार पोखरेललगायत राष्ट्रिय महासंघका पदाधिकारीसमेत गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र यातायात व्यवसायी माथि ज्यादती गरेको भन्दै मकवानपुरका यातायात व्यवसायीले आइतबार दिनभर यातायात सेवा सञ्चालनमा रोक लगाएका छन् ।
अस्तव्यस्त बजारलाई व्यवस्थित गर्ने भन्दै शनिबार चितवनमा यात्रुबाहक बसका अस्थायी बसपार्कहरु  हटाइएको थियो । ट्राफिक प्रहरीको मनलाग्दी जरिवाना असुल्ने शैली र पार्किङ व्यवस्थापनका बारे चिया पसलमा छलफल गरेको अवस्थामा प्रहरीले व्यवसायीलाई नियन्त्रण लिएर हिरासतमा लिएको भन्दै नारायणी यातायात व्यवसायी संघले आइतबार बसको काउण्टर बन्द गराएको हो । ‘नारायणगढको पुलचोकमा छलफलको क्रममा हाम्रा उपाध्यक्षसहित ११ जना यातायात व्यवसायीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको बिरोधमा यहाँका काउण्टर स्वस्फूर्त रुपमा बन्द गरिएका हुन्’, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाइँले भने, ‘आइतबार अपरान्ह ४ बजे हाम्रा व्यवसायीलाई प्रहरीले रिहाइ गरेपछि काउण्टर पनि खुलेको छ ।’ अनावश्यक रुपमा यातायात व्यवसायीलाई दुःख दिने चेष्टाले प्रहरीले नियन्त्रणमा लिनु गल्ती भएको अध्यक्ष चौलागाइँको भनाई थियो । 
Powered by Blogger.